ओम प्रकाश यादव लहान माघ ५ । काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिटको प्रयास भएको छ। माघ २ गते दिउँसो ३:४५ बजे ज्रेब्रा क्रसिङबाट सडक पार गर्दै गर्दा भिडमा रहेका व्यक्तिहरूले त्रिपाठीमाथि आक्रमण गर्ने प्रयास गरेका हुन्। घटना भएपछि तत्कालै प्रहरीले हस्तक्षेप गरी त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। आक्रमणको प्रयासमा संलग्न रहेको आरोपमा दोलखा तामाकोशी गाउँपालिका–१ स्थायी ठेगाना भएका तथा हाल ललितपुर टिकाथली निवासी ४८ वर्षीय ललित कुमार के.सी.लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललित कुमार के.सी.विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ। उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजी कार्य जारी रहेको छ। त्रिपाठीमाथि भएको आक्रमणको प्रयासले कानुन व्यवसायी तथा नागरिक समाजमा चासो बढाएको छ। घटनापछि त्रिपाठीलाई कुनै गम्भीर चोटपटक नलागेको र उनी पूर्ण रुपमा सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ। त्रिपाठीमाथि भएको घटनाबारे नेपाल बार एसोसिएसनलगायत अन्य सरोकारवाला निकायले ध्यानाकर्षण गराइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved