श्रीनिधि साकोसको १३ औं वार्षिक साधारण भव्यताका साथ सभा सम्पन्न

  • पुस २७, २०८१
  • ४७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २७ पौष। श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १३ औं वार्षिक साधारणसभा शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको होटेल भिस्वामा सम्पन्न साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक समिति सदस्य शम्भु गुप्ताले गुप्ताले अहिलेको सरकारले सहकारी विधेयक ल्याएको केही सकारात्मक पक्ष रहेको र केही असन्तुष्टिहरु पनि रहेको बताए । 

उनले यो सहकारी ऐन संशोधन नभए राम्रो सहकारी संस्थाका संचालकहरु पल्यान हुन सक्ने उच्च जोखिम रहेको बताएका छन् । १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने र दोस्रो पटक देखि तेस्रो पटक संचालक बन्न नपाउने ब्यवस्थाले अवसरको नाममा पाखा लगाउन खोज्नुले सहकारी धरापमा पर्न सक्ने भएकोले सहकारीकर्मीहरुले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुको साथै संसद्हरुलाई सहकारी ऐन संशोधन गर्न आग्रह गरे । उनले भने अहिले केन्द्रमा राष्ट्रिय सहकारी महासंघ नेपालले सरकारलाई ध्यानाकर्षण गराउने काम समेत गरिरहेको बताएका हुन । प्रमुख अतिथि गुप्ताले यो सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटर अगाडि बढेको उदाहरण दिदै सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको दाबी गरे ।

संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा सहकारी डिभिजन कार्यालय पर्साका पुर्व प्रमुख एवम् नेपाल सरकारका उप–सचिव राजु साह, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडित, नेफस्कुनका संचालक सदस्य एवं लालीगुरास साकोसका अध्यक्ष हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष रविभुषण श्रीवास्तव, राष्ट्रिय सहकारी बैंक वीरगंज शाखा प्रबन्धक संजय महतो लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाको वार्षिक प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आ.व. २०८०÷०८१ मा कुल कारोबार ८२ करोड ६३ लाख ७ हजार ७ सय ८० रुपैया रहेकोमा संस्थाको शेयर पूँजी ३ करोड २९ लाख १४ हजार २०० रुपैया, बचत संकलन ६३ करोड ७८ लाख ४० हजार ५४ रुपैया, जगेडा तथा अन्य कोषहरुमा ४ करोड १६ लाख ८७ हजार ७ सय १७ रुपैया, ऋण लगानीमा ५६ करोड ५२ लाख ११ हजार १२ रुपैया ३८ पैसा रहेकोमा खुद नाफा १ करोड २८ लाख १९ हजार ९ सय ३६ रुपैया रहेको बताए ।

साथै संस्थको स्थिर सम्पत्ति वीरगंजको आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा जोडन सफल भएको र सो जग्गाको नक्सा पास लगायतका कार्यहरु पुरा भएकोमा एक वर्ष भित्र भवन निर्माण गर्ने योजना रहेको बताए । संस्थालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउदै हालसम्म २२० जनाले एटिएम सेवा, १११३ जनाले मोबाईल बैंकिङ्ग, ४३३ जनाले एस.एम.एस. सेवा र २२५ जनाले क्यू आर कोड प्रविधिको प्रयोग गरिरहेको कार्यकारी अधिकृत चौरसियाले बताए ।

संस्थामा उत्कृष्ट काम गरेको भन्दै संस्थाले कार्यकारी अधिकृत चन्देश्वर चौरसिया, धिरज चौरसिया, शान्त श्रेष्ठ, कृष्ण यादव, तेतेरिया देवी, हिरालाल चौरसिया, बिमल चिमरिया, शोभा कुमारी, शारदा मानन्धर, मधु चौधरी, सिकेन्द्र यादव, अभिमनन्यु यादव, ममता भोलन, आनन्द कुमार गुप्ता, महेश सहनी, मेनका साह लगायत रहेका छन् भने बाल बचत तर्फ सिद्धि गुप्ता र उत्कृष्ट बचतकर्ता दिपक साह, उमेश साह, उत्कृष्ट ऋणी आलोक कुमार दास र उषा देवीलाई खादा ओढाई सम्मान पत्र सहित मायाको चिनोले सम्मानित गरिएको थियो ।

साधारणसभामा बिस्को अध्यक्ष डिल्ली बिक्रम कार्की, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) फिल्ड कार्यालय पर्साका प्रमुख गौतम साह, गृह लक्ष्मी साकोसका उमेश तुरहा, सनराईज नेपाल साकोसका दिपिका श्रेष्ठ, हिमाल साकोसका किरण झाँ, बीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव अजय चौरसिया, पत्रकार जगत राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार डा. सुरेन्द्र चौरसियाले स्वागत मन्तब्य राखनुभएको सो कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

थारू सम्बत: २६४८ को ...

बिरेन्द्र प्रसाद नेपाल लहान, माघ १ । माघी महोत्सव २०८१, थारू सम्बत् २६४८ को अवसरमा लहानको १५,२२र ९ क ...

डाक्नेश्वरी नगरपालिक ...

बोदे बर्साईन , सप्तरी : ०१ माघ : उमेश कुमार साह: बोदे बर्साईन : सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न ...

सरकारी गाडीको ठक्करब ...

बोदे बर्साईन , सप्तरी : १ माघ : उमेश कुमार साह बोदे बर्साईन – सप्तरीको बोदे बर्साईनमा राजबिराज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१