आ.बि.कचनारीमा जाडो छल्न न्यानो लुगा बितरण गुणस्तर शिक्षाका लागी सरकार पछि नहट्ने अध्यक्ष महतो

  • पुस २४, २०८१
  • ३४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ पुस । सिरहाको बरियारपट्टी गाउँपालिका १ श्री आधारभूत विधालय कचनारीको प्र.अ. रामसुफल यादवको अध्यक्षतामा गा.पा. अध्यक्ष संतोष महतोको प्रमुख आतिथ्यमा बिशिस्ट अतिथि उपाध्यक्ष ममता कुमारी यादव, वडा अध्यक्ष देवेन्द्र प्रसाद यादव लगायत सम्पुर्ण शिक्षकहरुको उपस्थितिमा कक्षा १ -८ सम्मका सम्पुर्ण छात्रछात्राहरुलाई जाडो छल्न न्यानो लुगा ट्रयाक शुट(track suit) वितरण गरिएको छ।

कार्यक्रममा न्यानो लुगा बितरण गर्दै गा.पा.अध्यक्ष महतो बिद्यार्थी हाम्रो देशको भविष्य हो र यो भविष्यलाई राम्रो बनाउन मेरो नेतृत्वको स्थानीय सरकार स्रोतसाधनले भ्याए सम्म लागी परेको बताएका छन। उहाँ अगाडी थप्दै सरकारको काम हो सुबिधा सम्पन्न भौतिक संरचना निर्माण गर्नु दक्ष शिक्षक ब्यबस्थापन गर्नु जुन हामी गरिसकेका छौ तर पढ्ने काम त बिद्यार्थीले गर्नु पर्छ र निगरानी गर्ने काम अभिभावकले गर्नु पर्ने हो समेत बताउदै अहिले मेरो नेतृत्वको सरकारले आवश्यकता अनुसार न्यानो लुगा बितरण गरेका छौ तर यस बिधालयमा अध्यनरत बिद्यार्थीहरु लगनका साथ राम्रो पढाइ गरेर अझ राम्रो बन्ने प्रयास गर्नु र यसका लागी स्थानीय सरकार कहिल्यै पछि नहट्ने बताएका हुन।

बिशिस्ट अतिथिका रुपमा न्यानो लुगा बितरण गर्दै गा.पा. उपाध्यक्ष यादव गा.पा. अध्यक्षको भनाइलाई समर्थन गर्दै बिद्यार्थीको लागी पहिलो पाठशाला उसको आफ्नो घर हो र आमाबुवा पहिलो शिक्षक यदि घरको वातावरण राम्रो छ भने त्यस घरका बिद्यार्थी पक्कै राम्रो हुने अनेकौ उदाहरण रहेकोले खास गरी आमाहरु यस तर्फ अझ गम्भिर हुन जरुरी रहेको बताएकी हुन।

अर्का बिशिस्ट अतिथि वाडाअध्यक्ष देवेन्द्र प्रसाद यादव पनि गा.पा. अध्यक्ष र उपाध्यक्षको भनाइ प्रति पुर्ण समर्थन जनाउदै बिद्यार्थी राम्रो बन्न र बनाउन अभिभावकको जिम्मेवारी, शिक्षकको मेहेनत, बिद्यार्थीको लगन र बि.ब्य.स.को उचित ब्यबस्थापन अतिआवश्यक रहेको बताएका हुन र यी सबै कुरो राम्रो भैदियो भने सरकार खुशी खुशी बाँकीको ब्यबस्थापन गर्न कुनै पनि हालतमा पछि नहटने समेत बताएका हुन।

May be an image of 4 people, clothes iron and text

कार्यक्रमलाई समापन गर्दै प्र.अ. यादव जसरी निजि बिधालयका लागी तैयार गरी बिद्यार्थीहरु अभिभावकले दिन्हु पठाइरहेको छ ठिक त्यसरी नै बिद्यार्थी सामुदायिक विद्यालयमा पनि पठाउनु होस बताउदै हामी शिक्षक टिम हरेक थोकमा दक्ष छौ र समुदायको आकर्षण बढाउन सक्ने र विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिने वातावरण निर्माण गर्ने काम हामी गर्छौ बताउदै यस विद्यालयमा अब नयाँ शैक्षिक सत्र देखि कक्षा ९ सञ्चालन हुने प्रवल संभावना बडिरहेको समेत बताएका छन र यसका लागी सबै पक्षको साथ र सहयोगको अपेक्षा समेत गरेका छन।

May be an image of 5 people, people smiling and hospitalMay be an image of 5 people and people smilingMay be an image of 5 people and people studying

प्रतिक्रिया दिनुहोस

जनतासँग जसपा नेपाल’ ...

ओम प्रकाश यादव लहान २४ पुस। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू तीन दिवसीय पार्टी ...

लहान नगरपालिकाले चिस ...

ओम प्रकाश यादव लहान,पुस २४ । हिजोदेखि एकासी शीतलहर र चिसो बढेपछी नगरका जनजीवन प्रभावित भएकोप्रति नगर ...

लहान र आसपासका क्षेत ...

ओम प्रकाश यादव लहान पुस २४ । लहान र आसपासका क्षेत्रमा मौसममा अचानक परिवर्तन भएको छ। हिजो बिहानै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१