लागुऔषध सहित ६ जना मानिसहरु प्रहरीको नियन्त्रणमा

  • पुस २३, २०८१
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस २३। विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत समेतबाट खटीएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा निम्न मानिसहरुलाई लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको स्रोतले जनाएको छ । पुस २३ गते सिरहाको, सखुवान्नकारकट्टी गाउँपालिका वडा नं. ३ स्थित इलाका प्रहरि कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले लहान ठाडी सडक खण्डमा परिहारपुर चौक स्थित पैदलयात्री  लहान नगरपालिका वडा नं. २१ बेतहा टोल बस्ने अन्दाजी बर्ष २५ को श्रवण कुमार गुप्तालाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दाहिने साइडको खल्तिबाट कालो प्लाष्टिकको झोला भित्र DIAZEPAM (डाइजोपामं)- ५ (पाँच) एम्पुल, PROMETHOZINE-HYDROCHLORIDE(प्रमिथोजाइन हाइड्रोक्लोराइड) -५ (पाँच) एम्पुल र BUPRENORPHINE (बुरुफोफाइन) -५ (पाँच) एम्पुल गरी जम्मा १५ एम्पुल लागुऔषध फेला परेकोले रीतपूर्वक बरामद गरी लागुऔषध सहित निज श्रवण कुमार गुप्तालाइ लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरि कार्यालय  लहानमा ल्याइ थप अनुसन्धान कार्य भईरहेको स्रोतले जनाएको छ ।

त्यस्तै सिरहा जिल्ला सखुवान्नकारकट्टि गा.पा. ५ महेशवारी चौक स्थित इलाका प्रहरि कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले ठाडीबाट लहान तर्फ जादैँ गरेको यात्रु बाहक बसलाई शंका लागी चेकजाँच गर्दा बसमा सवार लहान नगपालिका वडा नं. ५ बलुवा टोल बस्ने अन्दाजी बर्ष २३ को रोहित सदायको साथबाट कालो प्लाष्टिकको झोला भित्र DIAZEPAM (डाइजोपामं) ९ (नौ) एम्पुल, PROMETHOZINE-HYDROCHLORIDE (प्रमिथोजाइन हाइड्रोक्लोराइड) ५ (पाँच) एम्पुल र BUPRENORPHINE (बुरुफोफाइन) ११ (एगारह) एम्पुल गरी जम्मा २५ एम्पुल लागुऔषध फेला परेकोले रीतपूर्वक बरामद गरी लागुऔषध सहित निज रोहित सदायलाई नियन्त्रणमा लिइ इलाका प्रहरि कार्यालय लहानमा ल्याइ थप अनुसन्धान कार्य भईरहेको स्रोतले जनाएको छ।

त्यस्तै जिल्ला प्रहरि कार्यालय सिरहा, इलाका प्रहरि कार्यालय लहान सिरहा, अ.प्र.पोष्ट पक्कीटोल सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले लागुऔषध (गाँजा) ल्याउदै छ भने गोप्य सुचनाको आधारमा जिल्ला सिरहा धनगढिमाइ नगरपालिका वडा नं. १४ सर्रे खोला स्थित उत्तरबाट दक्षिणतर्फ पैदल ल्याउदै गरेको निम्न स्थान बस्ने निम्न मानिसहरुलाई शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको बोरामा(डोरीले नाम्लोको भारी बनाई पिठ्युमा बोकी) भित्र कालो रंगको प्लाष्टिकमा लागुऔषध (गाजाँ) ३ पोका फेला परेकोले रीतपूर्वक बरामद गरी लागुऔषध (गाजाँ) सहित निजमानिसहरुलाई नियन्त्रणमा लिइ इ.प्र.का.लहान सिरहामा ल्याइ थप अनुसन्धान कार्य भईरहेको ।

निम्न मानिसहरुः- i. जिल्ला उदयपुर कटारी न.पा. वडा नं.०८ अहाले टोल बस्ने अं. बर्ष २६ को मधु लाल थापा मगरको साथ बाट पलाष्टिक बोरा सहितको तौल गर्दा २० किलो २५० ग्राम भएको, बोरा प्लाष्टिक बाहेक तौल गर्दा २० किलो ग्राम भएको । ii. ऐ.ऐ.बस्ने अं. बर्ष २७ को निर बहादुर गुरुङको साथ बाट प्लाष्टिक बोरा सहितको तौल गर्दा १९ किलो ३७० ग्राम भएको, पलाष्टिक बोरा बाहेक तौल गर्दा १९ किलो ग्राम भएको । iii. ऐ.ऐ. बस्ने अं. २१ बर्ष नविन राना मगरको साथ बाट प्लाष्टिक बोरा सहित तौल गर्दा २० किलो ३४० ग्राम भएको र प्लाष्टिक बोरा बाहेक २० किलो ग्राम भएको । iv. पैदल यात्री जिल्ला सिरहा धनगढिमाइ न.पा. वडा नं. १४ गागन टोल बस्ने अं. बर्ष ४४ को शेर बहादुर मगर । लागुऔषध गाजाँ ३ पोका प्लाष्टिक बोरा सहित तौल गर्दा जम्मा ५९ किलो ९६० ग्राम रहेको ।

प्रतिक्रिया दिनुहोस

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

औषधी ऐन २०३५ को दफा ...

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१