रहमुल लहान २३ पुस । सिरहाको भगवानपुर गाउँपालिका ५ इनर्वामा बनेको नवनिर्मित भवन सम्बन्धि स्थानीय धेरै जनाको जिज्ञासा फोन मार्फत र ब्यक्तिगत भेटेर आएको आधारमा हिजो हामी टिम सहित स्थलगत रिपोर्टिङमा पुगेर यस्तो देखियो। यो भवन उग्रनरायण यादव नेतृत्वको स्थानीय सरकारको अथक प्रयास पछि एकोनोमिक कोरीडोर कार्यालय बर्दिबास महोत्तरीको सहयोगमा लगभग साढे दुई करोडको लगानीमा बनेको सुबिधा सम्पन्न कृषि तथा पशुपन्क्षी सेवा केन्द्र हो।

नेपाल सरकार कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय ग्रामिण उद्धम तथा आर्थिक बिकास आयोजना बाट आ.बा.०८०/८१ मा निर्मित यस भवन मार्फत कृषि र पशु सम्बन्धि सम्पुर्ण काम सहज रुपले हुने बुझिएको छ। यस सेवा केन्द्रमा कृषि र पशु क्षेत्रको लागी ल्याबको राम्रो ब्यबस्थापन रहे पनि हाल कर्मचारी अभावको कारण किसानको चाहना अनुसार सेवा प्रवाह हुन नसकेको कृषिका कर्मचारी बालबिन्द्र यादवले जनाएका छन। यादवको अनुसार यस सेवा केन्द्रको सेवा बिस्तार गर्न स्थानीय सरकार संग पहल भैरहेको र किसानले यसको लाभ छिट्टै लिने समेत बताएका छन।

रिपोर्टिङकै क्रममा स्थानीय सबुरी मण्डलले यस सेवा केन्द्र बाट किसानले पशु बिरामी हुँदा प्राबिधिक सेवा बाहेक अरु कुनै पनि सेवा सुबिधा नपाएको गुनासो ब्यक्त गरेको पाइएको छ भने त्यहाँ कार्यरत कर्मचारीहरु सरकारले पशु उपचारको लागी सामग्री समयमा नपठाउदा किसान बाट गाली मात्रै खाइरहेको गुनासो गरेको समेत पाइएको छ। यस सन्दर्भमा पशु शाखा प्रमुख श्यामसुन्दर दास संग सम्पर्क गर्दा प्राबिधिक कारण यो त्रुटि हुन गएको र अब आउने दिनमा यी सबै समस्या सामाधान हुने तथा यस सम्बन्धमा स्थानीय सरकार संग आफु बारम्बार सम्बाद गरिरहेको जवाफ आएका छन।

हामी यस सम्बन्धमा थप खोजीनिति गर्दैछौ र स्थानीय सरकार संग जानकारी लिने प्रयास गरिरहेका छौ यसका लागी किसान बर्गहरु केहि दिन धैर्य गर्न आग्रह गर्न चाहन्छौ। वास्तवमा भन्नु पर्दा स्थानीय सरकारले यस सेवा केन्द्रको लक्ष्य अनुसार कामकाज अगाडी बढाउन सक्यो भने भगवानपुर गा.पा. कृषि पशु क्षेत्रमा ठुलो फर्को मार्ने निश्चित देखिन्छ। देशै भरी यस्तै सुबिधा सम्पन्न कृषि तथा पशु पन्क्षी सेवा केन्द्र ८५ वटा निर्माण भएकोमा भगवानपुर पनि एक हो।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved