Siraha Times
ताजा समाचार

यातायात कार्यालय कलैयाका प्रमुख यादवको निर्देशनमा लाईसेन्स खरिद विक्री हुदै, सम्बन्धित निकाय मौन

  • पुस २२, २०८१
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २२ पौष । यातायात व्यवस्था कार्यालय कलैया बारामा रकमको बलमा धमाधम सवारी चालक अनुमतिपत्र (लाईसेन्स) विक्री वितरण भईरहेको समाचारमा जनाईएको छ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अरबिन्द यादवले करिब एक दर्जन बिचौलियाहरु राखी उनीहरु मार्फत रकम असुली लाईसेन्स बनाई रहेको समाचार स्रोतले जनाएको छ ।

गत असोज दोस्रो हप्ता देखि नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका यादवले बिचौलिया र कार्यालयका केही कर्मचारीहरु मार्फत लिखित र प्रयोगात्मक परीक्षामा पास गराउनका लागि मोटरसाईकलको ८ हजार, अटो, टेम्पोको १० हजार, कार जिपको १२ हजार र हेभी गाडीहरुको २० हजार सम्म असुली गराउने गरेको स्रोतले जनाएको छ ।

यी त कार्यालयमा बुझाउने दररेट भयो, बाहिर बिचौलिया र कर्मचारीहरुले आ–आफ्नो मनमौजी तरिकाले जो–जतिमा फँसछन् त्यति रकम लिई कार्यालय प्रमुख यादवलाई कार्यालयको दररेट अनुसार बुझाई बाकी रकम आफैले झ्वाम पार्ने गरेको स्रोतको दाबी रहेको छ ।

कार्यालय प्रमुखले कार्यालयलाई भ्रष्टाचार रहित बनाउनु पर्नेमा प्रमुख यादव कार्यालयमा आए देखि भ्रष्टाचार, घुसखोरी, बिचौलिया तन्त्र हाबी भएको आईतवार कार्यालयमा सेवा लिन गएका एक सेवाग्रहीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । कार्यालयमा लाईसेन्स बनाउन, नविकरण गर्न, ब्लुबुक नविकरण गराउन लगायतका कामहरु सेवाग्रहीहरुले आफै गराउन सक्ने हुनु पर्नेमा बिचौलियाको सहारा नलिई कुनै पनि काम नहुने गरेको ती सेवाग्रहीको आरोप रहेको छ ।

यातायात कार्यालय बाराको घुसखोरी कार्यलाई रोक्न र भ्रष्टाचारलाई बढावा दिने कार्यमा संलग्न कर्मचारीहरुलाई कारवाही गर्न नियमनकारी निकायको ध्यान पुग्न आवश्यक रहेका सचेत नागरिकहरुको भनाई रहेको छ । यस सन्दर्भमा प्रमुख यादव सँग प्रतिक्रिया लिन मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

प्रतिक्रिया दिनुहोस

विद्यालय बसको दुर्घट ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा ...

मुस्लिम समुदायका महि ...

ओम प्रकाश यादव लहान, असार १६। मुस्लिम समुदायका महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले ...

स्वच्छ तथा सफा घर अभ ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहाको अर्नामा गाउँपालिका–२ स्थित महरा टोलमा प्लान इन्टरनेसनल न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१