ताजा समाचार

चमार कल्याण समाज युएई (दुबई) द्वारा रौतहटमा आर्थिक सहयोग

  • पुस १८, २०८१
  • ९३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जिवन राम। रौतहट पुस १८ सारा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल युएई(दुबई) शाखाले रौतहट जिल्लाको सरुवाठामा आर्थिक सहयोग गरेको छ । जिल्लाको यमुनामाई गा.पा. ४ का राजेश महराको बुवा माधो महरा चमारको गत मसिंर ३ गते निधन भएको थियो। निज महराको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको समाजले थाहा पाएपछी युएई शाखाले मृतकको परिवारलाई काज किरीया गर्ने हेतुले नेपाली रु.२००००/- बीस हजार रुपैया आर्थिक सहयोग गरेको चमार कल्याण समाज रौतटह जिल्लाका प्रवक्ता अवध नरायण रामले जानकारी दिनुभयो । प्रवक्ता अवधका अनुसार चमार कल्याण समाज युएई देशको दुबई प्रान्तका ईन्चार्ज राश नरायण राम चमारको विशेष पहलमा आर्थिक सहयोग गरिएको बताउनुभयो ।

आर्थिक सहयोग कार्यक्रममा चमार कल्याण समाज नेपाल रौतहट जिल्लाका अध्यक्ष धर्मेन्द्र कुमार राम , समाजका केन्द्रिय सदस्य उदय नरायण राम,जिल्ला सचिव सुरज महरा, मलेसिया शाखाका पुर्ब संयोजक एवमं समाजका प्रकासन एवमं प्रसारण विभाग प्रमुख नन्दलाल राम , जिल्लाका सस्थापक सल्लाहकार रुपलाल महरा र सरुवाठा श्री मा.वि. स्कुलका अध्यक्ष रन्जीत महरा तथा गाउ समाजका सारा प्रतिनिधिहरुको रोहबरमा सहयोग गरिएको हो । साथै मृतकको आत्माको चिर शान्तिको लागी चमार कल्याण समाज नेपाल द्वारा श्रद्धाञ्जली समाहरोहको आयोजना समेत गरिएकोले थियो। आर्थिक सहयोग गर्ने प्रवासी शाखा युएई (दुबई)लाई चमार कल्याण समाज नेपाल जिल्ला कमिटि लगाएत केन्द्रिय कमिटिले विशेष धन्यबाद ब्यक्त गरेको केन्द्रिय सदस्य उदय नरायण रामले बताए।

प्रतिक्रिया दिनुहोस

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤