सिराहामा साइबर सुरक्षा तथा एआईसम्बन्धि एकदिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • पुस १६, २०८१
  • ३०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/ लहान, पुस १६ गते । सिराहाको लहानस्थित होटल सम्राट इन प्र.लि.मा साइबर सुरक्षा तथा ए.आई. सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न भएको छ। गृह सञ्चार तथा कानुन मन्त्रालय तथा आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सिराहा शाखाको समन्वयमा साइबर सुरक्षा तथा ए.आई. सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा साइबर सुरक्षा तथा ( ए.आई. ) ( आर्टिफिसियल इन्टिलिजेन्स ) कृत्रिम बुद्धिमता , जिपिटी च्याट् ( सृजनशील पुर्वप्रशिक्षित स्थान्तरण प्रबिधिको प्रयोग महत्त्व विश्वसनीयता , सचेतना , साइबर सुरक्षा तथा साइबर अपराध तथा गतिविधि बारे कानुनी प्रक्रियाबारे कार्यक्रम गरिएको छ। यो सँगै कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी , विशिष्ट अतिथि प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी , ललितादास विद्रोही ,विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महिला उपाध्यक्ष अम्बिका दाहाल , आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामका अध्यक्ष श्यामसुन्दर यादव , गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश कार्यालयका प्रवक्ता तथा शाखा अधिकृत दिपेन्द्र यादव , अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता , सभापति मनोज कुमार बनैता , विश्लेषक राजेश विद्रोही रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा सिरहा जिल्लाका विभिन्न मिडियामा आबद्ध करिब ७ दर्जन मिडियाकर्मी तथा संचारकर्मी पत्रकारहरुको उपस्थिति रहेको थियोे । ए.आई. र साइबर सुरक्षाबारे सुरुदेखि अन्तसम्म नेपालका ख्यातिप्राप्त आ.इ.टी प्रशिक्षक जीवन भण्डारी , हिमालय टि.भि.का रिपोर्टर ( पत्रकार ) प्रकाश मैनालीले गर्नु भएको थियोे ।

आजको कार्यक्रममा मुख्यतया गुगल, विभिन्न किसिमको सफ्टवेयरको प्रयोग , फेसबुक, टिकटक, युटुव, जिपिटी एप, साइबर गतिविधि सम्बन्धि सुरक्षा, विभिन्न एप्लिकेसनले फरकफरक सुचनाहरुको विश्वसनियता बारे जानकारी गराइएको छ। भ्रामकता हुने खालका समाचार सम्प्रेषण , पत्रकार अचारसंघिता, सुरक्षा विश्वसनियता, कायम , फेक आइडी पहिचान इत्यादि बारे जानकारी गराइएको छ। आजको कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार तल उल्लेखित यी बुँदाहरुमा तटस्थ रहेको बताए ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय कामहरु

> ६ वर्षमा नबनेको शिक्षा नीति हाम्रो सकृयतामा २ महिनामा कमिटि गठन मन्त्रीकै अध्यक्षतामा १ दर्जन बैठक सम्पन्न

> मधेश प्रदेशका पत्रकारलाई स्वास्थय तथा दुर्घटना विमा शुरुवात

> विपदमा मृत्यूहुनेलाई एक लाख आर्थिक सहयोग प्रदान > प्रदेश प्रहरी भवनको लागि २३ करोड प्रदान

> आगलागी पिडितलाई १० हजारका दरले सहयोग प्रदान

> पत्रकार महासंघ भवनको लागि ८० लाख

> विभिन्न प्रहरी ईकाइ भवनहरुलाई यो वर्षमा करिव १९ करोड > शहिद परिवारलाई स्वास्थ्य- दुर्घटना विमा सुरुवात

> लागु पदार्थ दुर्व्यसन-५०० विधार्थीमा ३ पटक कार्यक्रम सम्पन्न

> शहिद परिवारलाई सिपमूलक तालिम सुरुवात > प्रदेश सुरक्षा नीति निर्माणको सुरुवात सम्पन्न

> स्थानिय सरकारलाई कानुनी सहायता तालिम सम्पन्न

> ४ वटै सुरक्षा निकायको प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न > प्रत्येक महिनामा सुरक्षा समिति बैठक सम्पन्न

> गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेश सरकार संग गरि ३ वटा बैठक सम्पन्न

> प्रदेश सञ्चार ऐनका लागि ३ सदस्य कमिटि गठन

> ७ वटै प्रदेशको संयुक्त सुरक्षा गोष्ठी सम्पन्न

> नेपाल भारत सिमानाकामा ७ वटा बैठक सम्पन्न

> प्रदेशका माननीय सांस्दहरु संग ८ घटा परामर्श बैठक सम्पन्न

> प्रतिनीधि सभा र राष्ट्रिय सभाका माननीय सांस्दहरु सँग ३ वटा परामर्श बैठक सम्पन्न

> राजनिति दलका प्रमूख सचेतक माननीयहरु सँग १ वटा परामर्श बैठक सम्पन्न

> प्रदेश नीति आयोगका माननीय सदस्यहरु सँग २ वटा परामर्श बैठक सम्पन्न

> अन्तराष्ट्रिय दातृ निकाय र INGO हरु सँग ३ वटा बैठक सम्पन्न

> स्थानिय सरकार सँग ४ वटा बैठक सम्पन्न

> सुरक्षा निकायको ४ वटा भवनको टेण्डर आहवान

> प्रदेशका पूर्व गृह मन्त्रीज्यूहरुसँग १ वटा बैठक सम्पन्न गरेको मन्त्री लेखीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

कमला पूलको मर्मत गर् ...

सिरहा, पौष २० । मधेशको लाइफ लाईन मानिने हुलाकी राजमार्ग अन्तर्गत पर्ने सिरहा र धनुषा जोड्ने कमला पूल ...

नवराज पौडेलको अध्यक् ...

कपिलवस्तु, पुस २० नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकार ...

उद्योग वाणिज्य संघ क ...

कपिलवस्तु, पुस २० कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१