मधेश प्रदेशका क्रियाशील पत्रकारहरूको बीमा गर्ने सम्झौता

  • पुस १५, २०८१
  • ५४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम पुस १५ । मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरेएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतरहेको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गर्ने भएको हो ।

जनकपुरधाम स्थित मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धि सम्झौता मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहबरमा सम्झौता गरिएको छ । राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले कम्पनीको तर्फबाट तथा प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको वताउँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार र गम्भीर रहेको बताउनुभयो । मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश प्रमुख सचेतक माननिय रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना गर्नुभयो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य तथा ७ लाखसम्मको दुर्घटना बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँ सम्झौता गर्न लागेको बताउनुभयो । यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक करिब ८ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा मिडियाको सिफारिसमा गरिने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले शुरु गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागत योग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गर्नुभयो । राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद रामप्रसाद चौधरी, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव रिजाल, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले कुल ३० लाख रुपैयाँ बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

जसपा नेपाल लहानद्वार ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१