ताजा समाचार

प्रतिबन्धित लागु-औषध गाँजा सहित बुद्धशान्तिबाट युवती पक्राउ

  • पुस ८, २०८१
  • ८९४ पटक पढिएको
  • रहमुल
alt

रहमुल पुस ८ । झापाको बुद्वशान्ति गाँउपालिका वडा नं.३ धिमाल टोलबाट लागूऔषध गाँजा सहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। लागु औषध गाँजाको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बर्ष अं. ६० को श्याम धिमालको घर खानतलासी लिदा निज सुत्ने कोठाबाट तयारी गाँजा ४ के.जी.फेला पारेको थियोे ।

गाँजा सहित उक्त कोठाबाट भारतिय रुपैया २,३६०।- (दुई हजार तिन सय साठी ), नेपाली रुपैया ३,०६,८७०।- (तिन लाख छ हजार आठ सय सत्तरी), तराजु -१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी अं.१० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउ जस्तो कटर चक्कु ३ थान, कैचि १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाईल १ थान बरामद गरी उक्त सामानहरु सहित श्याम धिमालको छोरी बर्ष २९ की दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤