रहमुल पुस ८ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारीसाधनहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौडा बजारतर्फ आउदै गरेको ना ३५ प ५८११ नं. को मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०१ बस्ने वर्ष २७ को सनिप भोम्जन र सोही मो .सा. पछाडी सवार भई आएका ऐ. वडा नं. ०२ बस्ने वर्ष २१ को बिशाल क्षेत्रीलाई शंका लागी रितपुर्वक निजहरुको शरीर तथा मोटरसाईकल समेतको खानतलासी गर्दा मो.सा. को साईड लाईट बत्ती भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ८ ग्राम ५५० मि.लि. ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको हुदाँ उक्त लागूऔषध सहित सनिप भोम्जन र बिशाल क्षेत्रीलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट दिन १५ को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved