Siraha Times
ताजा समाचार

ठाड़ी नाकामा क्वारेन्टाइन स्थापनाका लागी अध्यक्ष यादव सक्रिय

  • पुस ७, २०८१
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ पुस सिरहाको भगवानपुर गाउँपालिका ४ ठाडी बासोपट्टीमा क्वारेन्टाइन स्थापनाका लागी गा.पा.अध्यक्ष उग्रनरायण यादव नेतृत्वको स्थानीय सरकार यति वेला निकै सक्रिय रहेको देखिन्छ। 

धेरै बर्ष अगाड़ी यस नाकामा बडी भन्सार स्थापना भैसकेको छ तर हाल सम्म यस ठाउँमा न त बडी भन्सारको लागी न त भौतिक संरचना तैयार भएको छ न त क्वारेन्टाइन नै निर्माण हुन सकेको छ न त ठाडी बजार नै व्यवस्थित हुन सकेको छ। संचारकर्मिको जिज्ञासामा गा. पा. अध्‌यक्ष यादवले यस नाका मार्फत हजारौको संख्यामा रोजगारी सृजना गर्ने, बजार व्यवस्थापन गरी अर्थतन्त्र माथी उकास्ने लगायत ठूलो भन्सार संचालन गर्न म धेरै दिन देखि प्रयासरत रहेको वताएका छन र यसैकालागी मैले भर्खरै केहि दिन अगाडी केन्द्रिय कार्यालय काठमाडौंमा पार्टी उप-महासचिव विष्णु पौडेल र स्थायी कमिटि सदस्य भानुभक्त ढकाल सहित उच्च पार्टिका नेताहरु संग छलफल र सहकार्य गरेको समेत बताएका छन।

अध्यक्ष यादव अगाड़ी थप्दै लामो समय देखि ठाडी नाका क्षेत्र अव्यबस्थित रहेको र सडक संजाल राम्रो नभएको तथा अन्य विभिन्न प्राविधिक कारणले ठाडी नाका वाटू उठनु पर्ने राज्वस उठन नस‌केकोले अब आउने दिनमा क्वारेन्टाइन स्थापना हुन साथ सबै समस्या सामाधान हुने समेत बताएका छन।

हाल खुल्ला सिमानाको कारण र भन्सार कार्यालय अव्यवस्थित तथा क्वारेन्टाइनको अभावमा अबैध कारोवार हुनुको साथै यस क्षेत्रका नागरिक सास्ती खेपिरहेको अवस्था छ। संचारकर्मीको अर्को जिज्ञासामा अध्यक्ष यादव लगभग भन्सार कार्यालयको व्यवस्थापन लगभग अन्तिम चरणमा रहेको छ भूने क्वारेन्टाइन स्थापना हुन साथ बडी भन्सार सहज रुपले संचालन हुने समेत बताएका हुन।

संचारकर्मीको अन्तिम जिज्ञासामा अध्यक्ष यादव खुल्ला सिमाना र अव्यवस्थित बजारको कारण धेरै युवाहरू कुलतमा फसेर बिभिन्न बिकृतिहरु समुदाय स्तरमा फैलाइ रहेको तथा लागुऔषधको कारोबार पनि फस्टाएको देखिएकोले यसलाई नियन्त्रण गर्न मेरो नेतृत्वको स्थानीय सरकार हर सम्भव प्रयासरत रहेको बताउदै यस कार्यमा भगवानपुर गाउँपालिका बासी सहित छिमेकी पालिकाका सम्पुर्ण जनप्रतिनिधि सहित अभिभावकहरु समेत अभियानमा जुट्न आग्रह समेत गरेका हुन।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१