मिर्चैयामा  एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गर्यो

  • पुस ४, २०८१
  • ३८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ४ पुस । सिरहा जिल्लाको मिर्चैया बजारस्थित अल्फा क्रीएटिभ इन्टरप्राइजेज, हिराे सीजी मोटर्स शोरुमले Hero Xtreme 160R 4V र Xtreme 125R का दुई नयाँ मोटरसाइकल मोडेल भव्य समारोहका बीच सार्वजनिक गरेको छ। यो कार्यक्रम Hero MotoCorp को नेपालभर रहेका शोरुमहरूमा एकसाथ आयोजित लन्च सेरेमनीसँगै सञ्चालन गरिएको हो।

मिर्चैया शोरुमका सञ्चालक श्रवण साहका अनुसार, यी मोटरसाइकलले ग्राहकहरूको आधुनिक आवश्यकता र मागलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। कार्यक्रममा स्थानीय व्यवसायी, विभिन्न बैंकका म्यानेजर, मधेश प्रदेश प्रेस मञ्चका अध्यक्ष अभरेन्द्र यादव, बुद्धिजीवी, व्यापारी, राजनीतिज्ञ, र पत्रकारहरूको विशेष उपस्थिति थियो। नयाँ मोडेल लन्चसँगै यी मोटरसाइकलहरू शोरुममा बिक्रीका लागि उपलब्ध गराइएको छ।

Hero Xtreme 160R 4V र Xtreme 125R ले नेपालमा दुईपांग्रे सवारीसाधनको बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य लिएका छन्। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र उच्च प्रदर्शनसहित यी मोटरसाइकलले आधुनिक राइडरहरूको चाहना पूरा गर्न केन्द्रित छन्।

 मिर्चैयामा  एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गर्यो नेपालमाआफ्नो मोटरसाइकल पोर्टफोलियोलाई अझ सशक्तबनाउँदै हीरो मोटोकर्पले विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने प्रतिबद्धताका साथ, विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले नेपालमादुई नयाँ मोटरसाइकल – एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ।

हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालकाआधुनिक राइडरहरूको परिस्कृत माग तथाआवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ। एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागिरु. २,८९,९०० रएबीएस भेरियन्टका लागिरु. ३,११,९०० तोकिएको छ।

सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू रजुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ । बाइक सार्वजनिक गर्न आयोजित कार्यक्रमका अवसरमा बोल्दै, हीरो मोटोकर्पकाकार्यकारी उपाध्यक्ष सञ्जय भानले भन्नुभयो,“नेपालको परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै, हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूलउद्देश्य हो। नयाँ एक्स्ट्रिम रेंज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ। हामीआफ्ना ग्राहकहरुको अनुभवलाई अझ विशेष बनाउनेतिर केन्द्रित छौँ। यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालको नयाँ पुस्ताका राइडरहरूसँग समन्वय स्थापित गर्दै बजारमा उत्साह फैलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्नअझ बढी मद्दत गर्नेछ।”

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो,“नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ। यी दुबै मोटरसाइकल नेपालको परिवर्तन शील बजार आवश्यकतासँग पूर्णरूपमा मेल खान्छन्। नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन मार्फत यीमोडेलहरूले ग्राहकहरूको यात्राअनुभवलाई पुनः परिभाषित गर्नेछन्। बहुउपयोगीता, स्टाइलिश शैली र उत्कृष्ट कार्य क्षमता मार्फत एक्स्ट्रिम मोटरसाइकलले शहरी यात्री तथा एड्भेन्चर प्रेमीहरू दूबैको आवश्यकतालाई सम्बोधन गर्नेछ ।हीरो मोटोकर्पको विश्वास र नव प्रवर्तनको इतिहास तथा नेपालको भौगोलिक र उपभोक्ताहरूलाई प्राथमिकतामा राख्दै सीजीमोटर्सको अनुभवले यी मोटरसाइकलहरू मार्फत दुईपांग्रे सवारी साधनको क्षेत्रमा नयाँस्तर स्थापित गर्नेमा हामी विश्वस्तछौँ।”

हीरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो। कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ।चौधरीगु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो। १ सय ६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन्।

उत्पादनका विशेषताहरू

एक्स्ट्रिम १६० आर फोरभी

एक्स्ट्रिम १६० आर फोरभीले १६०सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३सीसी ४–भल्भबीएस–भीआई इन्जिन प्रदान गर्दछ। यसले ८हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ। यो मोटरसाइकलले ०–६० कि.मी.÷घण्टामात्र ४.४१ सेकेन्डमा पुग्नेनयाँ स्तर निर्धारण गरेको छ। उच्च गतिका लागिअसाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबै भन्दा तिब्र गतिको मोटरसाइकल हो। यसलाई अझउच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदानगर्दछ। केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ। यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ।

एक्स्ट्रिम १६० आर फोरभीमा म स्कुलर र एरोडायनामिक डिजाइनका साथ माविङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्धछ । साथै,आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागिअतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्राअझ सहजहुनेछ। प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटी सहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल÷एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गरिएको छ । यी सुविधाहरुले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ, जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अती उपयोगीहुनेछ ।

 एक्स्ट्रिम १२५ आर

एक्स्ट्रिम १२५ आरले १२५सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ। यसले ११.४ बीएचपीपावर उत्पादन गर्दै, ०–६० कि.मी.÷घण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो। यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै,हीरोकोआईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ ।
एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइनअन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०÷८० रियर टायर, ३७एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्राप्रदान गर्दछ। फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा,दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।
सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन्। फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरुमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको छ।

प्रतिक्रिया दिनुहोस

महिला किसान सम्मेलन ...

रहमुल लहान ६ पुस महिला किसान मधेश सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर ४ र ५ पुसमा चन्द्रपुर राैतहटम ...

नेपाली समाज कतारले र ...

रामएकवाल राम/शियाराम यादव दोहा - जसपा नेपालको प्रवास सङ्गठन नेपाली समाज कतारले केही नयाँ पदाधिकारीह ...

चार हुण्डी कारोवारी ...

काठमाडौं ४ पुस । रातिको समयमा काठमाडौंको शम्भुमार्गस्थित सडकमा ६८ लाख रुपैयाँ सहित चार युवकलाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१