ताजा समाचार

नागरिक समाजमा सुचनाको हकको प्रर्बधन भए भ्रष्टाचार आफै अन्त्य हुन्छ

  • मंसिर २५, २०८१
  • ७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान, मंसिर २५ सिरहाको गोलबजारमा अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा सुशासन प्रबर्धनमा नागरिक समाजको भुमिका विषयक कार्यशाला गोष्टिमा सुचनाको हक सम्बन्धि जानकारी प्रतेक नागरिकमा भए भ्रष्टाचार हटाउन सकिने र त्यस्का लागि हरेक निकाय त्यतिकै जिम्मेवार हुनु पर्ने भनी कार्यक्रम सम्मपन्न भएको छ । ३३ औ लैङ्गिक हिंसा विरुद्धको १६ दीने अभियान अन्तरर्गत ९ दिसम्बर अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा सुशासन प्रबर्धनमा नागरिक समाजको भुमिका विषयक कार्यशाला गोष्टि गरि मनाइएको छ ।

मुक्ति नेपालको आयोजना तथा सुचनाको हकका लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको समन्व्य तथा सहकार्यमा संचालित उक्त कार्यक्रम मुक्तिनेपालकी अध्यक्ष देवकुमारी महराको अभ्यक्षतामा भएको थियो भने, प्रमुख अतिथि सामाजिक अभियंता र पुर्व प्राध्यापक राम रीझन यादव,विशिष्ट अतिथि प्रा.कुमार कमलेन्द्रम, आर टी आई फेड्रेशन मधेश प्रदेशकी उपाध्यक्ष पार्बती सुब्बा, नागरिक समाज हकपाराका संयोजक धनिकलाल यादव, अतिथिहरुमा मुक्ति नेपाल की उपाध्यक्ष तथा सुचनाको हक कालागि राष्ट्रिय महासंघ की जिला सदस्य रिता महतो , जनमत पार्टी प्रतिनिधि दुष्यन्त कुमार कणर् लगायत जिला प्रहरी कार्यालय का प्रतिनिधि, र सिरहा जिलाका १७ औं पालिकाका सुचना अधिकारी र प्रतेक पालिकाको दुई जना युवा अभियन्ताहरु र मुक्ति नेपालका शान्ति स्वयम सेवकहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सुचनाको हक संम्बन्धि प्रस्तुति मुक्ति नेपाल की कार्यक्रम तथा अभिलेखन अधिकृत संजु कुमारी दासले गरेकी थियो भने वक्ताहरुले आ आफ्नो पालिकामा भएको सुचना सम्बन्धि समस्या सामाजिक अयिन्ता प्राध्यापक कुमार कमलेन्द्रमले यो देशका प्रतिनिधिहरु डेढ अर्ब खर्च गरी भ्यु टावर, १५ अर्बको सभा हल बनाउछ, हामीलाई के आवश्यक छ प्रथमिकता छुट्ट्याउनु पर्दैन । मानव तस्करमा लागेका, जन्ताको पैसा बाट एउटा सार्वजनिक प्रधान मंत्री जस्तो मान्छे तीन करोडको घडी लगाउछ । बीना भ्रष्टाचार के यो सम्भव छ ? हाम्र देश स्वास्थ्य र शिक्षामा सबै भन्दा पछाडी परेको छ लोकतन्त्र यही हो ? कुर्सी का लागि गठबन्धन गर्छ तर काम गर्न खोइ त गठबन्धन, देश विकाशका लागि गठबन्धन हुनु पर्छ । नागरिक समाज निष्पक्ष रुपमा यस विरुद्ध लाग्नु पर्यो ।

त्यस्तै समाजसेवी तथा अभियन्ता राम रीझन यादवले भने जति बेला म प्रधानमंत्रीको पे्रस सल्लाहकार थिये त्यति बेला मैले आफै हेरेको छु । मान्छे हरु ताँती लाग्ने गर्छ सिरहा आउनका लागि । कर्मचारीहरु सबै भन्दा बढी आउन चाहने सिरहा जिल्ला हो किनकी उनीहरुलाई यहाँ केही राम्रो गर्छु भन्ने मनसाय हुदैन यहाँ धेरै आम्दानी गर्न पाउछ र यहाँ आएर मनग्गे कमाउन पाउछ । सबै भन्दा बढी भ्रष्टाचार हुने भनेको यही हो । त्यस्तै मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा ले भने एउटा नागरित्ता बनाउन महिनौ धाउदा पनि बनेन तर ५ हजार दीएर एक दीन मै नागरित्तता बन्यो एस्तो छ हाम्रो निकाय हरु ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤