कपिलवस्तु प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिने

  • मंसिर २२, २०८१
  • ५८८ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु, मंसिर २२

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो । वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन, फिजियो थेरापी र अमिन जस्ता कोर्सहरू सञ्चालन गर्दै आएको यस प्रतिष्ठानले अब फार्मेसीमा पनि ४० सिट शैक्षिक सत्र २०८१।०८२  लागि सि.टि.ई.भी.टी. बाट अनुमति प्राप्त गरेको छ।

फार्मेसी, स्वास्थ्य विज्ञानको एक महत्वपूर्ण शाखा हो जसले औषधि निर्माण, वितरण र व्यवस्थापनसँग सम्बन्धित विज्ञान र कलाको अध्ययन गर्दछ। फार्मेसिस्टहरू बिरामीहरूलाई औषधि सम्बन्धी सल्लाह दिने, औषधि बनाउने र वितरण गर्ने काम गर्दछन्। 

 कपिलवस्तु लगायत अन्य जिल्लाका फार्मेसी पढ्न चाहने विद्यार्थीका लागि राम्रो अवसर रहने क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१