सम्माननीय उपराष्ट्रपति यादवद्वारा गढीमाई मेलाको विधिवत शुभाराम्भ

  • मंसिर १७, २०८१
  • ५३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर १७ । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले बारास्थित प्रसिद्ध शक्तिपीठ श्री गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को सोमबार विधिवत् शुभाराम्भ गर्नुभएको छ । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा पानसमा दियो बालेर मेलाको शुभाराम्भ गर्नुभएको हो । उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नि चम्पा देवी यादव र परिवारका अन्य सदस्यहरुसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गर्नुभयो । उहाँले मन्दिरभित्र गढीमाईको विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नु भयो ।

उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्व मन्त्री, पूर्व सांसद् , स्थानीय सुरक्षा अधिकारी, श्री गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारीहरु, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधिहरु तथा उपस्थित श्रद्धालु भक्तजनहरुले स्वागत गरेका थिए । उपराष्ट्रपति यादवले श्री गढीमाई पञ्चवर्षीय मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवसहितका पदाधिकारीहरु तथा सुरक्षाकर्मीहरुसंग चासो व्यक्त गर्दै मेलाको सफलताको कामना गर्नु भयो । उहाँ सोमबार नै काठमाडौं फिर्ती हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१