Siraha Times
ताजा समाचार

सम्माननीय उपराष्ट्रपति यादवद्वारा गढीमाई मेलाको विधिवत शुभाराम्भ

  • मंसिर १७, २०८१
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर १७ । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले बारास्थित प्रसिद्ध शक्तिपीठ श्री गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को सोमबार विधिवत् शुभाराम्भ गर्नुभएको छ । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा पानसमा दियो बालेर मेलाको शुभाराम्भ गर्नुभएको हो । उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नि चम्पा देवी यादव र परिवारका अन्य सदस्यहरुसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गर्नुभयो । उहाँले मन्दिरभित्र गढीमाईको विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नु भयो ।

उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्व मन्त्री, पूर्व सांसद् , स्थानीय सुरक्षा अधिकारी, श्री गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारीहरु, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधिहरु तथा उपस्थित श्रद्धालु भक्तजनहरुले स्वागत गरेका थिए । उपराष्ट्रपति यादवले श्री गढीमाई पञ्चवर्षीय मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवसहितका पदाधिकारीहरु तथा सुरक्षाकर्मीहरुसंग चासो व्यक्त गर्दै मेलाको सफलताको कामना गर्नु भयो । उहाँ सोमबार नै काठमाडौं फिर्ती हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २६ जेठ। नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प् ...

बरियारपट्टि सीमामा त ...

लहान जेष्ठ २६। नेपाल–भारत सीमावर्ती सिरहाको बरियारपट्टि क्षेत्र पछिल्लो समय तस्करीको प्रमुख ट् ...

मोबाइल नष्ट गर्ने नि ...

लहान जेष्ठ २६ । एसईई परीक्षाका क्रममा बरामद गरिएका मोबाइल तथा स्मार्टवाच नष्ट गरिएको निर्णयप्रति असन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१