रन्जित चौरसिया वीरगंज १० मंसिर। अवैधानिक र विवादित संगठन समाजबादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपाध्यक्ष बताउने पत्रकार हरिशंकर शर्मा सहित दुई जनालाई पर्सा प्रहरीले आइतबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान शाखा बाट खटिएको विशेष टोलीले अपहरण गरी फिरौती माग्ने बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ घर भई हाल वीरगंज महानगरपालिका वडा नं.१६ निवासी मोहन ठाकुर बढैको छोरा हरिशंकर शर्मा र बीरगंज महानगरपालिका वडा नं.१६ निवासी सुरेश दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रौतहट जिल्लाको एक युवक र उनको मोटरसाइकल समेत अपहरण गरी केहि व्यक्तिहरुले राखि राखेकोमा पिडित अपहरित संग दुई लाखको सहमति गरी पहिलो किस्ता ५० हजार आईतबार बुझेर फर्किन लागेको बेला शर्मा पक्राऊ परे र त्यसको लगतै दास पक्राऊ परेको जनाइएको छ। पत्रकारिताको खोल ओढी विगत लामो समय देखि बजारमा ठग्दै आएका कथित पत्रकार शर्मा यथार्थमा पत्रकार नभई उनी वीरगंज बाट प्रकाशित हूने कालिका टाइम्स र सर्व राष्ट्रिय दैनिकमा पत्रिका सेटिङ गर्ने अर्थात कम्प्युटर अपरेटरको काम गर्दै आएका हुन् ।
पाठकवृन्द, पत्रकारहरुले समाजलाई अपराधमुक्त बनाउने भूमिका खेल्नु पर्ने ठाँउमा पर्सेली केही पत्रकारहरुले अपहरित पिडितको पिडै नबुझी पिडक लाई छुटाउन प्रहरी कार्यालयमा ओहोर-दोहोर गर्दा पर्सा प्रहरी आश्चर्यचकित भएका थिए। पक्राऊ परेका शर्मा र दास लाई बेलुकी मेडिकल जाँच गराई हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved