Siraha Times
ताजा समाचार

हिन्दु युवा शक्ति कपिलवस्तुकाे पुर्न गठन, शिवराज नगरपालिकामा संगठन विस्तार

  • मंसिर ८, २०८१
  • ६८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा शक्ति कपिलवस्तुकाे पुर्न गठन र शिवराज नगरपालिका नगर स्तरीय समिति गठन गरिएको छ । हिन्दु युवा शक्ति कपिलवस्तुकाे अध्यक्ष फागुराम पाण्डेय (ओम), बरिष्ठ उपाध्यक्ष सुनील कुमार शुक्ला, उपाध्यक्ष राज कुमार चाैधरी, सचिव घनश्याम यादव, सदस्य धर्मेन्द्र कुमार कुर्मी र प्रेस सल्लाहकार धनी राम काेरी चयन हुनुभएको छ शिवराज नगरपालिकाकाे नगर स्तरीय हिन्दु युवा शक्ति कपिलवस्तुकाे समितिकाे अध्यक्ष बब्लु जैसवाल, सचिव अवधेष पाण्डेय, कोषाध्यक्ष सुदिप पौडेल, उपाध्यक्ष दया प्रसाद चौहान, सह-सचिव बिरेन्द्र पासी, सदस्यहरु मनोज गुप्ता, कृष्णा गुप्ता, शिव शंकर गोसाइ, राजेश लोहार र सरोज ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तुकाे अध्यक्ष फागुराम पाण्डेयले भन्नू भयो कि सबै हिन्दुहरु एक हुन आवश्यक रहेको छ । हाम्रो हिन्दु संस्कृतिलाई जाेगाउनकाे लागि सबैले आ-आफ्नो ठाउँबाट लाग्नकाे लागि सबै अनुरोध समेत गर्नु भयो । यस संगठनबाट हिन्दुहरुलाई जागरुक बनाउन उद्देश्य रहेको कुरा बताउनु भयो

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१