Siraha Times
ताजा समाचार

स्याङ्जा सहयोग समाज कतारको १० औ अधिवेशन अगामी ६ डिसेम्बरमा हुँदै

  • मंसिर ४, २०८१
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा:-स्याङ्जा सहयोग समाज कतारको १० औं अधिवेशन तथा विविध संस्कृतिक कार्यक्रम अगामी ६ डिसेम्बर २०२४ मा हुने भएको छ । कतारको नेपाली सामाजिक संस्थाहरु मध्ये जेठो संस्थाको रुपमा स्थापित स्याङ्जा सहयोग समाज कतारको नवौ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्दै १०औं अधिवेशनको लागि संस्थाका सम्पूर्ण पदाधिकारिहरु तिब्र तयारीमा जुटेका हुन।

स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना" भन्ने मूल नाराका साथ ४ मार्च सन् २००५ मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै १० औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला स्याङ्जा र कतारमा सामाजिक कार्यमा सकृय रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको संस्थाका अध्यक्ष प्रकाश परियारले बताएका छन ।

कतारमा विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका स्याङ्जालीहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको १०औ अधिवेशन सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने अध्यक्ष परियारले बताए। साथै अन्य व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भव्य रुपले सफल बनाइदिन अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१