Siraha Times
ताजा समाचार

कृष्णनगर प्रहरीकाे अर्काे सफलता ठुलाे मात्रामा लागू ओैषधसहित एक जना नियन्त्रणमा

  • कार्तिक २८, २०८१
  • ८५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कार्तिक २७ कपिलवस्तु । जिल्लाकाे कृष्णनगरमा लागू ओैषधकाे ठुलाे परिमाणसहित एक जना पक्राउ परेका छन । कृष्णनगर प्रहरीले लागू ओैषधकाेअहिलेसम्मकै ठुलाे परिमाणमा बरामद गरेकाे हाे । कृष्णनगर वडा ३ हनुमानगढी नजिकै शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ पैदल हिडदै गरेका झण्डेनगर बस्ने बर्ष १९ का सिकन्दर चौहानलाई खानतलासी गर्दा तेह्र हजार ट्रमाडाेल क्याप्सुल बरामद गरेकाे प्रहरी नायब उपरिक्षक माेहनमणि अधिकारीले बताउनु भएकाे छ ।

चाैहानले बाेकेकाे प्लास्टिक बोरा खानतलासी गर्दा छ सय पचास पत्ता ट्रमाडाेल कुल १३ हजार क्याप्सुल बरामद गरिएकाे इप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे हाे । लागू ओैषधसहित एक थान माेबाइलसमेत बरामद गरिएकाे छ भने निज चाैहानलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेकाे निरिक्षक खत्रीले बताउनुभयाे । जिल्ला मै अहिलेसम्मकाे यति ठुलाे मात्रामा लागुओैषध बरामद गरिएकाे याे घटना पहिलाे पटक रहेकाेले प्रहरी निरिक्षक सुरज खत्रीकाे कार्यकुशलताकाे चाैतर्फी प्रशंशा भईरहेकाे छ । विगतमा पनि दर्जनौं व्यक्तिलाई चरेस , ब्राउन सुगर लगायतका लागू ओैषध बरामद गरेर कराेबारीहरुकाे सिन्डिकेट भत्काउन कृष्णनगर प्रहरी सफल भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

लहान–४ चम्पापुरमा वि ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत ...

आठ वर्षदेखि अल्झिएको ...

रहमुल, लहान, १० असोज । सिरहाको लहान नगरपालिका–२४ झुटकीमा तीन पुस्तादेखि मोहीका रूपमा जग्गा भोग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤