कृष्णनगर प्रहरीकाे अर्काे सफलता ठुलाे मात्रामा लागू ओैषधसहित एक जना नियन्त्रणमा

  • कार्तिक २८, २०८१
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कार्तिक २७ कपिलवस्तु । जिल्लाकाे कृष्णनगरमा लागू ओैषधकाे ठुलाे परिमाणसहित एक जना पक्राउ परेका छन । कृष्णनगर प्रहरीले लागू ओैषधकाेअहिलेसम्मकै ठुलाे परिमाणमा बरामद गरेकाे हाे । कृष्णनगर वडा ३ हनुमानगढी नजिकै शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ पैदल हिडदै गरेका झण्डेनगर बस्ने बर्ष १९ का सिकन्दर चौहानलाई खानतलासी गर्दा तेह्र हजार ट्रमाडाेल क्याप्सुल बरामद गरेकाे प्रहरी नायब उपरिक्षक माेहनमणि अधिकारीले बताउनु भएकाे छ ।

चाैहानले बाेकेकाे प्लास्टिक बोरा खानतलासी गर्दा छ सय पचास पत्ता ट्रमाडाेल कुल १३ हजार क्याप्सुल बरामद गरिएकाे इप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे हाे । लागू ओैषधसहित एक थान माेबाइलसमेत बरामद गरिएकाे छ भने निज चाैहानलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेकाे निरिक्षक खत्रीले बताउनुभयाे । जिल्ला मै अहिलेसम्मकाे यति ठुलाे मात्रामा लागुओैषध बरामद गरिएकाे याे घटना पहिलाे पटक रहेकाेले प्रहरी निरिक्षक सुरज खत्रीकाे कार्यकुशलताकाे चाैतर्फी प्रशंशा भईरहेकाे छ । विगतमा पनि दर्जनौं व्यक्तिलाई चरेस , ब्राउन सुगर लगायतका लागू ओैषध बरामद गरेर कराेबारीहरुकाे सिन्डिकेट भत्काउन कृष्णनगर प्रहरी सफल भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

शहीदका सपना अझै अधुर ...

रहमुल, लहान १६ माघ । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको माग गर्दै संघर्ष गरेका गंगालाल श्रेष ...

प्रेमीसँग मिलेर परिव ...

रहमुल, लहान १६ माघ । बाराको परवानीपुर गाउँपालिकामा भएको दोहोरो हत्याकाण्डमा मृतक परिवारकै बुहार ...

भगवानपुर गाउँपालिकाम ...

लहान माघ १६ । भगवानपुर गाउँपालिकाको सहयोगमा एकदिवसीय पशु स्वास्थ्य शिविर वडा नं. ५ स्थित कृषि तथा पश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१