६९ औं प्रहरी दिवस यसरी मनाइए

  • असोज ३०, २०८१
  • ५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान असोज ३० गते । जिल्ला प्रहरी सिरहाले बुधबार आज श्रद्धाञ्जली समारोह , अमर प्रहरी स्मारकमा पुष्पहार / पुष्पगुच्छा अर्पण र विभिन्न कालखण्डमा कर्तव्य पालनाको क्रममा वीरगती प्राप्त गर्ने अमर प्रहरीका आश्रीत परिवारहरुलाई कदर पत्र वितरण तथा दोसल्लाले सम्मान लगायत जस्ता विभिन्न कार्यक्रम गरि ६९ औं प्रहरी दिवस २०८१ भब्यताका साथ मनाइएको हो । 

भब्यताका साथ मनाइएको उक्त कार्यक्रममा प्रमुख आतिथि सिरहाको नगर प्रमुख डा. नवीन यादव , प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमको बिशिस्ट अतिथि वासुदेव दहाल , जिल्ला सिरहा स्थित सुरक्षा निकायका प्रमुखहरु , पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता तथा विभिन्न मिडियाका पत्रकारहरु , प्रहरीका सहयोगी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु ,अमर प्रहरी परिवारका सदस्यहरु , पुर्व प्रहरी कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि , बिशिस्ट अतिथि ,अतिथि तथा प्रहरी अधिकृतहरुले अमर प्रहरीहरु प्रती पुष्पहार/ पुष्पगुच्छा अर्पणका साथै अमर प्रहरीका अभिभावक सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान तथा कदर पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम सिरहा जिल्ला प्रहरी उपरीक्षक रमेश पंडितको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा कार्यक्रमको बिशिस्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दहालले प्रहरी महानिरीक्षक वसन्त कुवँर द्वारा ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा जारी गरिएको शुभकामना सन्देशको स्मरण गर्नुहुँदै आफ्ना शुभकामना व्यक्त गर्नुभएको थियो ।

May be an image of 3 people, temple, crowd and text

May be an image of 8 people and text

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१