बिरेन्द्र प्रसाद नेपाल लहान असोज ३० गते । जिल्ला प्रहरी सिरहाले बुधबार आज श्रद्धाञ्जली समारोह , अमर प्रहरी स्मारकमा पुष्पहार / पुष्पगुच्छा अर्पण र विभिन्न कालखण्डमा कर्तव्य पालनाको क्रममा वीरगती प्राप्त गर्ने अमर प्रहरीका आश्रीत परिवारहरुलाई कदर पत्र वितरण तथा दोसल्लाले सम्मान लगायत जस्ता विभिन्न कार्यक्रम गरि ६९ औं प्रहरी दिवस २०८१ भब्यताका साथ मनाइएको हो ।

भब्यताका साथ मनाइएको उक्त कार्यक्रममा प्रमुख आतिथि सिरहाको नगर प्रमुख डा. नवीन यादव , प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमको बिशिस्ट अतिथि वासुदेव दहाल , जिल्ला सिरहा स्थित सुरक्षा निकायका प्रमुखहरु , पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता तथा विभिन्न मिडियाका पत्रकारहरु , प्रहरीका सहयोगी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु ,अमर प्रहरी परिवारका सदस्यहरु , पुर्व प्रहरी कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि , बिशिस्ट अतिथि ,अतिथि तथा प्रहरी अधिकृतहरुले अमर प्रहरीहरु प्रती पुष्पहार/ पुष्पगुच्छा अर्पणका साथै अमर प्रहरीका अभिभावक सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान तथा कदर पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम सिरहा जिल्ला प्रहरी उपरीक्षक रमेश पंडितको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा कार्यक्रमको बिशिस्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दहालले प्रहरी महानिरीक्षक वसन्त कुवँर द्वारा ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा जारी गरिएको शुभकामना सन्देशको स्मरण गर्नुहुँदै आफ्ना शुभकामना व्यक्त गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved