ताजा समाचार

सिराहा: लहानको "ठग" होटल माखनभोग स्वीट्स नमकिन "किरा" लागेको समोसा बेच्दै, उपभोक्ता यसरी ठगिदै

  • असोज १५, २०८१
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार लहान/ १५ असोज । पटकपटक सावधानी गराउँदा समेत सिराहा लहानको पशुपति आदर्श माविको पुर्वमा अवस्थित माखन भोग स्वीट्स एण्ड नमकिन होटलको लापरबाही बढ्दै गएको छ। आज मंगलबार, दशैं, तिहार चार्डपर्व लक्ष्यित सरोकारवालाहरुको बजार अनुगमनको क्रममा अखाद्य ,पेय् पदार्थ बिक्री वितरण गरिएको पाइएको छ। सो, चर्चित होटल माखन भोग स्वीट्स एण्ड नमकिनबाट " किरा " लागेको समोसा , लिटी , त्यसैगरि - उक्त होटलबाट दर्जनौं कार्टुन पेय पदार्थ पेपसी , मिरिण्डा, ड्यु, स्पराइट , अखाद्य मिठाई, जङ्क फुड, भेटिएको अवस्थामा नष्ट गरिएको छ। लहानको चर्चित यो होटलमा उपभोक्त दिनहुँ ठगिदै आएको अवस्था छ। जुनसुकै होटलमा १ कप चियाको मुल्य २०/- रुपैयाँ पर्छ । तर, ग्रामीण स्तरमा सञ्चालित यस होटलमा १ कप चियाको मूल्य ८०-१०० रुपैयाँ लिने गर्छन् ।

अन्य खाने कुरोमा घाँटी काट्ने मुल्य राखेर बेच्छन् , र , यसले गरेकोले गर्दा उपभोक्त ठगिदै आएको छ। माखन भोग होटलले जथाभावी मुल्य राखेर , उपभोक्त ठगेर ठाउँठाउँ जग्गा घरघडेरी "महल"ढड्याएको अवस्था छ। माखनभोगको मिठाइँ नस्ता सबैभन्दा बढी नवजनप्रतिनिधि , गाउँपालिका / नगरपालिकामा जाने गर्छन् । त्यसको साटो मोटो रकमको सरकारी चेक लिदै आएको अवस्था छ। पहिला पहिला माखन भोग होटल सानो होटलको रुपमा थियोे तर, अहिले ठगिएर दिनदुगुना चातचौगुना गरिएको छ ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज , राष्ट्रिय उपभोक्त मञ्च , घरेलुु तथा साना उधोग कार्यालय लहान, लहान नगरपालिकाका उपमेयर रामचलितर महतो, नगर प्रहरी , इलाका प्रहरी लहानका प्रहरी , नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता सहितको टोलीले अनुगमनको क्रममा लहानमा जताततै अखाद्य बेचि रहेको अवस्थामा फेला पारि नष्ट गरिएको छ ।

यो सँगै , लहान नगरपालिकाका भु.पु. मेयर मुनि साहको भाई निरस चौधरीले आफ्नो पत्नी मंञ्जु साहको नाममा सञ्चालन गरेको कृष्ण सप्लायर्सबाट लाखौं मुल्य बराबरको म्याद सकिएको पेय पदार्थ , स्पराइट, कोक, फ्रुटि, अनुगमनको क्रममा फेला पारि नष्ट गरिएको छ। उक्त पेय पदार्थहरु १ लाख २५ हजार ७०० कोक, स्पराईट, वियर मिरिण्डा, फेन्टाहरु नष्ट पारिएको हो । गोदाममा अधिकाँश सामानहरु पेयपदार्थ म्याद सकिएको भेट्दा अनुगमनकर्ता टोलीले त्यो सबै मालसामान ३ दिन भित्र गोदामहरु खाली गर्न लिखित "पत्र" सहित निर्देशन दिइएको छ। यता, माखन भोख स्वीट्स एण्ड नमकिनका संचालक रोशन अग्रवाल भन्नुहुन्छ - हामी सधैं होटलको सरसफाईमा दिएकै छौं, कहिलेकाहीँ खानामा "किरा" फाँटा पर्नु सामान्य कुरो हो ।

प्रतिक्रिया दिनुहोस

खडकमा निःशुल्क मोतिय ...

ओम प्रकाश यादव लहान, असोज १४ । सप्तरी जिल्लाको खडक नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क मोति ...

लामो रस्साकस्सीपछि ज ...

रहमुल, लहान, १४ असोज । सिरहाको लहान नगरपालिका–१९ र २३ नं. वडाको बीचमा अवस्थित जनता माध्यमिक वि ...

स्वास्थ्य सेवामा लाम ...

रामअधार यादव, रौतहट, असोज, १४ रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ स्थित भसेढवा स्वास्थ्य चौकीम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤