रातीदेखि निरन्तर पानी, खोला नदीहरुमा पानीको बहाब उच्च, नाईट बस बन्द

  • असोज ११, २०८१
  • ३१४ पटक पढिएको
  • रहमुल
alt

देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।

उदयपुर, सप्तरी, सिराहाका विभिन्न ठाउँमा ठूलो पानी परेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने खाडो खोला, बालन नदी, कोरिय नदी र अन्य ससाना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने सिहाली नदी, दोदा नदी र अरु ससाना खोलाहरूमा आकश्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाका अनुसार नारायणी,  कन्काई, कमला,  बाग्मती,  राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ  ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतवारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।

रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

अधिकृत श्रीवास्तव पक ...

रंजित चौरसिया,वीरगंज ६ असार । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री ...

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१