ताजा समाचार

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

  • असोज ३, २०८१
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज, ३  कपिलवस्तु आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे। साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न पिछडा वर्ग लाई समेत अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउदै असन्तुष्ट पक्षको जायज माग दुई तिहाई बहुमत बाट संविधान सन्सोधन गर्नुपर्ने आवश्यक रहेको बताए।

नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताउदै राजनितिक नियुक्ति हरूमा समेत समावेशीता गर्नुपर्ने बताउदै धार्मिक स्वतंत्रता लाई अझै बलियो बनाउनु पर्ने बताए।   । साथै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले समेत संविधान दिवसको अवसरमा शुभकामना दिदै नेपाली जनताको उज्जवल भबिस्यको कामना गरे।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤