गोलबजारमा ६० औँ राष्ट्रिय बालदिवस को अवसरमा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता

६० औँ राष्ट्रिय बालदिवस

  • भदौ ३०, २०८१
  • ४७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास लहान भदौ ३० । राष्ट्रिय नारा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी“ भन्ने मूल नाराका साथ गोलबजार नगरपालिका को श्री जनता माध्यमिक विद्यालय गोलबजार ४ मा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता गरी गोलबजारमा ६० औँ राष्ट्रिय बालदिवस को अवसरमा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता मनाइएको छ । 
मुक्ति नेपाल गोलबजारको आयोजनामा संचालित उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका ५ विद्यालयको बालक्लबका बालबालिका, ७ ओटा किशोरी समुहकको किशोरीहरु र शिक्षकहरुको उपस्थिातिमा, गोलबजार नगरपालिका वार्ड नं ४ को वडा अध्यक्ष  सकलदेव यादव को अध्यक्षतामा सम्मपन्न भएको थियो । गोलबजार नगरपालिकाका श्री माध्यमिक विद्यालय गुरुधाम २, श्री सरस्वती मावि जमदह , श्री जनता मावि गोलबजार , श्री जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर ८ र श्री माध्यमिक विद्यालय बल्काबा गोलबजार ११ मा गठित बाल क्लबहरूबाट १५ जना प्रतियोगी व्यक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए भने शिक्षक र शिक्षिका र बालबालिका लगायत लगभग १०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको थियो।
कार्यक्रममा आफ्नो वक्तव्य दिँदै बालबालिकाहरूले एउटा फसल उमार्न बाझो माटोलाई जोत कोर गरी त्यसमा उन्नत किसिमको बिउ हाली कतिचोटि गोडमेल गरेर त्यसको रेखदेख गरेर मात्रै फसल भित्र्याउने गर्छौं। भने हामी बालबालिका जसलाई भोलिको कर्णधार मानिन्छ, हामीमा खोइ त लगानी नेपाल सरकारले हामी बालबालिकाका लागि बजेट त छुट्याउँछ, तर हाम्रो बजेट कहाँ जान्छ थाहा छैन, यस्तो अवस्थामा हामीमा कतिको लगानी लागिरहेको छ र हामी कसरी अगाडि बढ्न सक्छौं भन्ने कुरा सोच्नुपर्ने अवस्था आएको छ। यदि हामीमा लगानी भयो भने हामी उत्कृष्ट भएर देखाउँछौं, उत्कृष्ट स्थान प्राप्त पनि गर्न सक्छौ र भविष्य राम्रो बनाउन सक्छौँ। श्री सरस्वती मावि गोलबजार घ जमदह की सोनिया बानियाँ ले भनि।
त्यस्तै माध्यमिक विद्यालय गुरुधाम गोलबजार द्द की देविका बस्नेतले बालश्रम र बाल अधिकारको विषयमा बोल्दै भनिन् वर्षको एक दिन हामी बाल दिवस मनाउने गर्छौं। तर हामी जहाँ बस्छौँ जस्तो समाजमा बस्छौं त्यहाँ हजारौं बालबालिका पढाइ लेखाई छोडेर घरको काममा वा प्लास्टिक टिप्ने काम गरिरहेको हामी हेर्छौं। यस्तो काम गर्ने बालबालिका प्रलोभनमा परि देशविहीनमा पनि पर्ने गर्छन्। त्यस्ता बालबालिकामा कस्तो लगानी हुनुपर्छ त्यता पनि लगानी गर्न आवश्यक छ। ताकि सबै बालबालिका पढ्न पाओस्, उनीहरूले पनि राम्रोसँग बाँच्ने अधिकार छ। यही विद्यालयका सरोज कुमार महत्वले जसरी बाझो खेतमा बाली त्यतिकै फल्दैन त्यसलाई खनजोत गर्नुपर्छ। त्यस्तै बालबालिकाको राम्रो भविष्यका लागि त्यसमा लगानी गर्नु जरुरी देखिएको छ । हाम्रो समाजमा हाम्रो लागि आएको बजेट कतै न कतै अर्कैतिर खर्च गरेको वा हाम्रो लागि आएको बजेट हामीमा राम्रोसँग नलगाएपछि हाम्रो भविष्य सुनिश्चित कसरी हुन्छ र ? यहाँ तीन तहको सरकार छ। तिनै तहको सरकारले बालबालिकाको विषयमा सोच्नु आवश्यक छ। आज हामीले राम्रो लगानी गर्यौ भने भोलि हाम्रै देश समुन्नत र समृद्धि हुनेछ।
त्यस्तै श्री माध्यमिक विद्यालय बल्कावा गोलबजार ११ का कि आरती राईले हाम्रो देशको ८० प्रतिशत युवा अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको घरको स्थिति एकदमै दयनीय छ। उनीहरूको आमाबुबा पनि रोइराखेको हुन्छ। यदि त्यो युवाहरू सानै हुँदा त्यसमा लगानी लगाएर आफ्नै देशमा राम्रो कामको सृजना गरेर सबैलाई रोजगार दिने खालको सिप सिकाएको भए आज उनीहरु खाली मुलुकमा बस्नु पर्दैन थियो। यो पनि कतै न कतै पहिला बालबालिकामा लगानी नभएकै कारण यस्तो स्थिति सृजना भएको देख्न सकिन्छ। आज बालबालिकाहरूले पनि आफूमाथि भएको लगानीको सदुपयोग गरी नोकरी खोज्ने होइन कि नकृत दिने खालको भविष्य को निर्माण गर्नुपर्ने हुन्छ। प्राय हामी मोबाइलले बालबालिका बिग्रिरहेको सुन्छौं। तर धेरै ठाउँमा मोबाइलबाटै परेर राम्रो काम पनि गरेको हामी देख्छौं। मोबाइल राम्रो नराम्रो होइन यो त हामी कसरी उपयोग गर्छौं त्यसमाथि निर्भर पर्छ। आमा बुवा शिक्षक र यहाँका स्थानीय सरकारले पनि जे लगानी छ जस्तो लगानी छ हामीमाथि गरिराख्नुभएको छ। हामी त्यसको सदुपयोग गर्न सक्छौं।

प्रतिक्रिया दिनुहोस

सामुदायिक अन्कपत्र स ...

रहमुल लहान ३ असोज सप्तरीको बलान बिहुल गाउँपालिकामा न्यायमा पहुँच सबलीकरण परियोजना अन्तर्गत सामुदायिक ...

सिरहाको महेशवारी बाट ...

ओम प्रकाश यादव  लहान २ असोज  । जिल्ला सिरहा मिति २०८१ भाद्र २८ गते १२:३० बजेको समयमा ...

नेशनल लघुवित्त र सगर ...

सिरहा, ०२ असोज । नेशनल लघुवित्त वित्तीय संस्था लि.र सगरमाथा चौधरी आँखा अस्पताल, लहानबीच मोतिविन्दु र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१