ताजा समाचार

खरानी (Ash) पनि जैबिक बिषादी? यसरी प्रयोग गर्नुहोस

  • भदौ २५, २०८१
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान भदौ २५ ।  खरानी क्षारिय बस्तु भैकन धूलो भएको र प्रशस्त पानी सोस्ने गुण भएकोले बाली बिरुवाका रोग कीरा नियन्त्रणमा यो निकै प्रभावकारी छ । यसले भण्डारणमा लाग्ने कीराहरू र बिरुवाको फेद कुहिने रोग, झुसिलकीरा, लाही इत्यादिमा सम्पर्क विषको काम गर्दछ । खरानीले खपटे, फटयाङ्ग्रा, पतेरो आदिलाई बिकर्षण गर्दछ । प्रयोग विधि: मकै बीउ भण्डारणमा खरानीको प्रयोग मकैको भण्डारण गर्दा ५ किलोग्राम खरानी प्रति क्विण्टल अनाजमा मिसाई राख्नाले अनाजलाई ९ महिना सम्म घुनबाट सुरक्षित राख्न सकिन्छ । घरमा आगो बाल्दा निस्केको खरानीको प्रयोगले मकैमा लाग्ने घुन, पुत्लाबाट अनाजलाई करिब ६ महिना सम्म बचाउन सकिन्छ तर भण्डारण गर्ने मकैमा चिस्यानको मात्रा भने १२-१३ प्रतिशत भन्दा कम हुन जरुरी छ! सफा खरानी बिहान बिरुवामा छर्नाले लाही, खुर्सानीको पुतली, काक्रा, फर्सीको खपटे, पात खन्ने कीरा हराउदछ । माटोमा छर्नाले फेद काट्ने र औंसा नियन्त्रण हुन्छ । चिप्ले कीरा, शखें कीरा पनि शरिरमा खरानीको धुलो टाँसिएर घस्रन सक्दैनन्। मसिनो गरी पिधेंको च्यूरीको पिनाको १ भागमा खरानी २ भाग मिसाई १५ भाग पानी घोलेर तरकारी ब्याडमा सिंचाई गरेमा धमिरा र कमिलाको प्रकोप कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤