ताजा समाचार

आजको आवश्यकता सीपमूलक शिक्षा:- अध्यक्ष पाण्डेय

  • भदौ २४, २०८१
  • ११८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र २४ कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आज एक कार्यक्रमका बीच २०८१/०८२ का नया बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा अभिमुखी करण कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले रोजगार वा विना सीप हाम्रो जीवन चल्न नसक्ने बताउँदै त्यसका लागि सीपमूलक शिक्षा नै चाहिने बताए । पाण्डेयले सीपमूलक शिक्षा प्राप्त गर्नका लागि प्रविधिमा आधारित शिक्षा हुनु पर्ने बताउदै प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने बताए ।

कार्यक्रममा शुभकामना मनतब्य प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु र अभिभावकको तर्फबाट मोहम्मद हुसेन, स्वागत प्रशिक्षक यदुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रस्तुतीकरण प्रीन्सिपल अर्जुन पौडेलको रहेको थियो । प्रतिषठानका कार्यकारी निर्देशक समेत रहेका  अरुण कुमार पाण्डेको सभापतित्मा सम्पन्न कार्यक्रमको सच्चालन लेखा प्रमुख नन्दराम पौडेलले गरेका थिए ।

कार्यक्रममा ९० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता थियो। वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य शिक्षाका क्षेत्रमा लुम्बिनी प्रदेशमै उच्च पहिचान बनाउँदै प्रमुख शैक्षिक संस्थाको रूपमा स्थापित हुन सफल भएको छ । प्रतिष्ठानले  एच.ए., ल्याव टेक्नोलोजी, फिजियोथेरापी, अमिन विषयको अध्यापन गराउँदै आएको छ । निकट भवष्यमै प्रतिष्ठानमा फार्मेसी विषयको अध्यापनको तयारीमा रहेको प्रतिष्ठान प्रसाशन स्रोतले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤