ताजा समाचार

सिरहामा गाँजा सहित तीन जना पक्राऊ

  • भदौ २२, २०८१
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल भदौ २२ । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.१० स्कुल टोलबाट लागू औषध गाँजासहित तीन जना पक्राऊ परेका छन । प्रहरी चौकी कर्जन्हाका प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारी र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी नायव उपरीक्षक पंच कुमार बाखुको कमाण्डमा खटी गएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । गोप्य सूचना प्राप्त भई उक्त ठाउँमा पुगेका प्रहरी टोलीले कर्जन्हाका ४५ वर्षिय बिहारी मुखियाको गाई गोठमा लुकाई छिपाई राखेको प्लास्टिकको १४ वटा पोकामा करिब २१७ किलोग्राम गाँजा बरामद गरेको छ । उक्त ठाउँबाट गाँजा सहित भारतिय नागरिक २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका वडा नं. ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र सिरहा कर्जन्हा . १० का ४० वर्षिय चानो देबी मुखियालाई नियन्त्रणमा प्रहरीले लिएको हो । बरामद गाँजा र पक्राऊ परेका सबैमाथि आवस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा रक्तदान अभ ...

आरके श्रीवास्तव,रौतहट,१४ कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तद ...

सिरहामा दशौँ राष्ट्र ...

ओम प्रकाश यादव, लहान कार्तिक १५ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेली मधेस, ...

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤