ताजा समाचार

सिरहामा गाँजा सहित तीन जना पक्राऊ

  • भदौ २२, २०८१
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल भदौ २२ । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.१० स्कुल टोलबाट लागू औषध गाँजासहित तीन जना पक्राऊ परेका छन । प्रहरी चौकी कर्जन्हाका प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारी र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी नायव उपरीक्षक पंच कुमार बाखुको कमाण्डमा खटी गएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । गोप्य सूचना प्राप्त भई उक्त ठाउँमा पुगेका प्रहरी टोलीले कर्जन्हाका ४५ वर्षिय बिहारी मुखियाको गाई गोठमा लुकाई छिपाई राखेको प्लास्टिकको १४ वटा पोकामा करिब २१७ किलोग्राम गाँजा बरामद गरेको छ । उक्त ठाउँबाट गाँजा सहित भारतिय नागरिक २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका वडा नं. ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र सिरहा कर्जन्हा . १० का ४० वर्षिय चानो देबी मुखियालाई नियन्त्रणमा प्रहरीले लिएको हो । बरामद गाँजा र पक्राऊ परेका सबैमाथि आवस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤