ताजा समाचार

रौतहटमा जुत्ताभित्र लुकाएर भारतबाट नेपाली रुपैयाँ ल्याउने एक जना पक्राउ

  • भदौ २०, २०८१
  • ८०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० भदौ । भारतबाट लुकाइ छिपाइ स्रोत नखुलेको ४ लाख रुपैयाँ नगद ल्याउने एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान गौर नगरपालिका वडा नम्बर १ स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोलीले चेकजाँचका क्रममा भारत सितामढीका १८ वर्षीय सत्यम भन्ने अनिकेत राजलाई सो रकमसहित पक्राउ गरेको हो। भारतबाट गौर बजारतर्फ पैदलै आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्दा दाहिने र देब्रे खुट्टामा लगाएको जुताभित्र ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यस्तै दाहिने र देब्रे खुट्टामा ईलाष्टिकले बाँधेर लुकाएको अवस्थामा थप १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤