पत्रिकाको प्रारम्भिक नतिजाले सयौ पत्रकारहरु चिन्तमा

  • साउन २१, २०८१
  • ४३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, साउन । देशको अर्थतन्त्र धरापमा रहेकोले आजका युवाहरु नेपालमा केही गर्न चाहिदैन । नेपालमा जन्मेका युवा पिढि दिनहु हजारौ संख्यामा बिदेश पलायन भैरहेको छ । पत्रकारिता गर्ने पत्रकारहरुको पिडा समेत नबुझने मिथिला संस्कार भएको मैथली समाजमा पुरुषहरु बैदेशिक रोजगारमा गएर घरपरिवार चलाईहाल्छ तर मधेशी महिलाहरु बैदेशीक रोजगारमा जाँदा समाजले बेश्याबृतीको आरोपा लगाएर गाउँ निकाला गर्ने र परिवारका सदस्यहरुलाई अनेकन अफवाह सुनाएर महिला आत्ना जस्ता घटनाहरु हुनेगरेको छ । यसवाट जोगिन मधेशी महिलाहरु स्वदेशी रोजगार खोज्छ तर सरकारले सहजरुपमा रोजगार दिदैन । रोजगारकैक्रममा आज प्रिन्टमिडियामा हजारौ युवाहरु काम पाएको छ ।

प्रिन्ट मिडियाकै कारण समाचार लेखाई तथा कम्प्युटरको शिप सिक्न पाएको एक ज्वलान्त उदाहरण हो मिडियाकर्मीहरु । सिरहा जिल्लावाट नवसंग्राम दैनिक स्थानिय ख बर्गमा,मार्गानुगामी दैनिक ख बर्ग, अपन दैनिक ग, सीमा सन्देश दैनिक ग,बातचित साप्ताहिक ग बर्ग,मधेश स्पेश्ल साप्ताहिक ग बर्ग, मातृवाणी साप्ताहिक ख बर्ग, पैगाम साप्ताहिक ख वर्ग, तराई अभियान साप्ताहिक ग बर्ग, हर्षित नेपाल साप्ताहिक ग वर्ग यसरी १० वटा पत्रिका मात्र नियमित प्रकाशन भैरहेको छ । अन्य पत्रिकाहरु सिजनेबुल तरिवाट प्रकाशित भैरहेको छ ।

सिरहा जिल्लामा एकदमै कम पत्रिका भए पनि मूल्याङ्कन कडारुपमा नै गरेको छ । देशमा सरकार हेरफेर भैरहन्छ तर पाटीगत राजनितिसँग मतलबै नराख्ने मिडियामा अािर्थक अव्वल बनाउनु जरुरी रहेको बेला पत्रिकाहरुको स्तर घटाउनु उचित देखिएन बरु बढाई दिदा प्रकाशकहरु प्रेस काउन्सिल तथा आफना क्षेत्र प्रति गर्व हुने थियो तर पत्रिकाको नतिजाले सयौ प्रकाशकहरु चिन्तामा रहेको कुरा चिया पसलहरुमा चर्चा भैरहेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिकी वर्गीकरण प्रतिवेदनको आधारमा आव २०७८÷०७९ को पत्रपत्रिका वर्गीकरण÷मुल्याइकनको प्रारम्भिक नतिजा अनुसार वर्गीकरणमा परेका पत्रपत्रिका –७९३ वटा,कागजात अपुग भई स्थगन भएका पत्रविका ७० वटा, हुवहु कायम नई वर्गीकरणमा नपरेका पत्रपत्रिका ३७ वटा, जम्मा आवेदन गर्ने पत्रपत्रिका – ९०० वटा , वर्गअनुसार (वर्गीकरण) ः ’क’ वर्गमा १७५ बटा, ख’ वर्गमा,४०२ वटा, ग’ वर्गमा २१६ वटा, स्थगन ७० वटा, हुबहुमा, ३७ वटा जम्मा ९०० बटा स्तरअनुसार (वर्गीकरण) ःराष्ट्रिय ११८,प्रदेश १४३, स्थानीय ५३२, स्थगन ७०,हुबहु ३७ जम्मा ९०० मात्र ।

प्रकारअनुसार (वर्गीकरण)ः–दैनिक १७३ अर्धसाप्ताहिक २ वटा,साप्ताहिक ४६५ वटा, पाक्षिक १३,मासिक ६०,द्धैमासिक ५,त्रैमासिक ८,साहित्य ५५,भाषभाषी १२,स्थगन ७०,हुबहु ३७ यसरी नतिजा सार्वजनिक गरेको छ । पत्रपत्रिकाको प्ररम्भिक नतिजामा असंतुष्ट प्रकाशकहरुका लागि पुनर्योग ÷ पुनरावलोकनको लागि निवेदन दिनेसम्बन्धी सूचना (प्रकाशित मिति २०८१÷०४÷१८) प्रेस काउन्सिल नेपालले आ.व. २००८÷०७९ को पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजा सार्वजनिक गरिसकेको हुँदा सो नतिजाउपर चित्त नमुझनेले आधारप्रमाणसहित सूचना प्रकाशित भएको मितिले १५ । 

पन्ध्र) दिन र दोब्बर दस्तुरसहित थप ७ (सात दिनभित्र पत्रिकाको लेटरप्याडमा आधिकारिक दस्तखत पत्रिकाको छापसहित देहायबमोजिमको दस्तुर जम्मा गरी पुनर्योग ÷ पुनरावलोकनका लागि काउन्सिलमा निवेदन दिन सकिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । स्थगनमा रहेका पत्रपत्रिकाहरूले अंक अपुग भएको भए प्रकाशित अंक पुगेको काउन्सिलमा दर्ता भएको अभिलेख, स्थायी दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाण र सामाजिक सुरक्षा कर दाखिला भौचरमध्ये के अपुग भई नतिजा स्थगनमा रहेको हो सो को स्पष्ट प्रमाणसमेत संलग्न गरी निवेदन दिनुपर्नेछ । करचुक्ता प्रमाणको हकमा आव २०७९ ०८० को करचुक्ता पेस भएमा पनि आ.ब. २०७८÷०७९ को लागि करचुक्ता मानिनेछ ।

पुनरावलोकन दस्तुर प्रेस काउन्सिल नेपालको राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको चन्ती खाता नं. ११३०१००००४३०३००१ वा ग्लोबल आइएमई बैंक, सिनामङ्गल शाखामा रहेको चल्नी खाता न ०८४०१०१००००१६० मा देहायबमोजिमको रकम जम्मा गरी सोको भौचर पन्न गर्नुहुन समेत जानकारी गराइन्छ । दैनिक समाचारपत्र राष्ट्रियस्तर १२५०÷–,प्रदेश स्तर ८७५÷–, स्थानिय स्तर ६२५÷– दैनिक बाहेक अन्य पत्रपत्रिकाहरु राष्ट्रिय स्तर १०००÷–, प्रदेश स्तर ७५०÷–, स्थानिय स्तर ५००÷– साहित्यिक एव भाषाभाषिका पत्रपत्रिकाहरुको हकमा उल्लेखित दस्तुरको आधा रकम जम्मा गरेको भौचर पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीको स ...

लहान, २४ भदौ । यो सखुवान्नकारक‌ट्टी गाउँपालिका विद्यार्थीको जीवनसँग खेलवाड गर्न नचाहेको हो। गुण ...

किसान कार्ड मार्फत क ...

रहमुल लहान २३ भदौ राष्ट्रिय कृषक समुह महासंघ नेपाल द्वारा CARE नेपाल को सहयोग र सखुवानन्कारकट्टी गाउ ...

मधेशमा पहिलोपटक सरका ...

रहमुल लहान २३ भदौ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्ना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१