नेशनल लघुवित्तद्वारा बरियारपट्टीमा वृक्षरोपण

  • साउन १२, २०८१
  • १९७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, १२ श्रावण । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहामा वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पर्यावरण संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सिरहाको बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका र सुखिपुर नगरपालिकामा गरि २० हजार वृक्षरोपण तथा विरुवा वितरण कार्य सम्पन्न गरेको छ । जसमा बरियारपट्टि गाउँपालिकाको प्रत्येक घरमा ३/३ वटा बिरुवा वितरण गरिएको छ भने अन्य पालिकामा सदस्यहरुलाई वितरण गरिएको आयोजकले जनाएको छ ।

messenger-creation-c88003d4-5fda-4be5-8ca1-46c3ce3e2fd9 13

 नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपट्टिको आयोजनामा गरिएको कार्यक्रम अन्तर्गत सार्वजनिक स्थानहरुमा वृक्षरोपण गर्नुका साथै गाउँ टोलमा पुगि स्थानीयवासीहरुलाई आवश्यकता अनुसार बिरुवा वितरण गरिएको छ । वितरण गरिएको विरुवाहरुमा गमहाईर, टिक मलेसियन सखुवा, अमला, अम्बा, अर्जुनको बिरुवा गरि २० हजार बिरुवा वितरण गरिएको छ ।

संस्थाको बरियारपट्टि शाखाको प्रमुख देवेन्द्र यादवको अध्यक्षता तथा धनुषा, सिरहा, सप्तरीका अनुगमन प्रमुख आशाराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अनुगमन कार्यालय धरानका अनुगमन अधिकृत विष्णु विश्वकर्मा, हेटौंडा अनुगमन कार्यालयका अनुगमन अधिकृत रामपुजन राय, सिरहा शाखाका प्रमुख लोकेश कुमार यादव, पातो शाखाका प्रमुख दिपेश कुमार गोईत, धनगढी शाखाका प्रमुख बलराम कुमार यादव, मधुपट्टि शाखाका प्रमुख प्रमोद कुमार यादव, भगवानपुर शाखाको प्रमुख संतोष कुमार यादव, लबटोली केन्द्रका प्रमुख उमादेवी यादव, कर्मचारीहरु ज्योती कुमारी यादव, नीर प्रसाद राजवंशी, प्रमोद कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१