सिरहा, १२ श्रावण । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहामा वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पर्यावरण संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सिरहाको बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका र सुखिपुर नगरपालिकामा गरि २० हजार वृक्षरोपण तथा विरुवा वितरण कार्य सम्पन्न गरेको छ । जसमा बरियारपट्टि गाउँपालिकाको प्रत्येक घरमा ३/३ वटा बिरुवा वितरण गरिएको छ भने अन्य पालिकामा सदस्यहरुलाई वितरण गरिएको आयोजकले जनाएको छ ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपट्टिको आयोजनामा गरिएको कार्यक्रम अन्तर्गत सार्वजनिक स्थानहरुमा वृक्षरोपण गर्नुका साथै गाउँ टोलमा पुगि स्थानीयवासीहरुलाई आवश्यकता अनुसार बिरुवा वितरण गरिएको छ । वितरण गरिएको विरुवाहरुमा गमहाईर, टिक मलेसियन सखुवा, अमला, अम्बा, अर्जुनको बिरुवा गरि २० हजार बिरुवा वितरण गरिएको छ ।
संस्थाको बरियारपट्टि शाखाको प्रमुख देवेन्द्र यादवको अध्यक्षता तथा धनुषा, सिरहा, सप्तरीका अनुगमन प्रमुख आशाराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अनुगमन कार्यालय धरानका अनुगमन अधिकृत विष्णु विश्वकर्मा, हेटौंडा अनुगमन कार्यालयका अनुगमन अधिकृत रामपुजन राय, सिरहा शाखाका प्रमुख लोकेश कुमार यादव, पातो शाखाका प्रमुख दिपेश कुमार गोईत, धनगढी शाखाका प्रमुख बलराम कुमार यादव, मधुपट्टि शाखाका प्रमुख प्रमोद कुमार यादव, भगवानपुर शाखाको प्रमुख संतोष कुमार यादव, लबटोली केन्द्रका प्रमुख उमादेवी यादव, कर्मचारीहरु ज्योती कुमारी यादव, नीर प्रसाद राजवंशी, प्रमोद कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved