राष्ट्रिय सरसफाई सप्ताहमा रेडियो परासीको सप्ताहव्यापी कार्यक्रम खानेपानी मन्त्री ढकालद्वारा उद्घाटन

  • जेठ २४, २०८१
  • ५४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / जेठ २४ । पश्चिम नवलपरासीको पहिलाे रेडियाे स्टेसन, सामुदायिक रेडियो परासी ९०.२ मेगार्हजले विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको छ । सरोकारवाला विभिन्न संघ संस्थाको सहकार्यमा आज परासीमा एक कार्यक्रमको आयोजना गरी रेडियोले वातावरण तथा सरसफाई संग सम्बन्धित रहेर सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको हो । 

रेडियाेका अध्यक्ष राजकुमार रेश्मिकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालकाे प्रमुख आतिथ्यता सुरु भएकाे सप्ताह व्यापी कार्यक्रममा बोल्दै मन्त्री ढकालले वातावरण दिवसमा प्रकृति संरक्षणको लागी सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभयो । अहिले प्रदेश सरकारले शुद्ध पिउने पानीको पहुँच पुर्याउन प्राथमिकता दिएर निति तथा कार्यक्रममा समेत उल्लेख गरेको भन्दै मन्त्री ढकालले ८० प्रतिशत काम सम्पन्न भएर पनि अलपत्र परेका योजना आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने बताउनुभयो । नवलपरासीका पनि धेरै योजना आगामी वर्ष सम्पन्न हुने बताउदै मन्त्री ढकालले स्थानिय तह संग प्रदेश सरकार तालमेल गरेर काम गर्ने उल्लेख गर्नुभयो । तालमेल नमिल्दा अलपत्र परेका आयोजना सम्पन्न हुन सकेकाकाे बताउनुभयाे ।

मन्त्री ढकालले प्रदेशका तिन प्रतिशत जनताले मात्रै शुद्ध पिउने पानी उपभोग गर्न पाएको उल्लेख गर्देै पानीको शुद्धता परिक्षणका लागी घुम्ती एम्बुलेन्स संञ्चालन गर्ने पनि बताउनुभयो । दाङ र बुटवलमा घुम्ती एम्बुलेन्स संञ्चालन गरेर शुद्धता परिक्षण गरिने उहाँको भनाई छ । अझै पनि स्थानियतहहरुले वास प्लान नबनाएको उल्लेख गर्दे अनिवार्य रुपमा वास प्लान निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

सो क्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले शुद्ध पिउने पानीको पहुँच पुर्याउन स्थानिय तहले प्रयास गरिरहेको भएपनि एक्लो प्रयासले सम्भव नभएको उल्लेख गर्नुभयो । प्रदेश र संघिय सरकारका धेरै खानेपानी आयोजना अलपत्र परेको बताउदै नगर प्रमुख यादवले अलपत्र आयोजना सम्पन्न गर्न प्रदेश सरकारको ध्यानआर्कषण गराउनुभयो । स्थानिय तह संग समन्वय नगरी काम गर्ने र काम अलपत्र परेपछि जिम्मेवारी कसैले नलिने प्रवृत्ति बढेको बताउदै यादवले प्रदेश मातहतका कार्यालयले स्थानिय तह संग समन्वय गरेर मात्र काम गर्नुपर्नेमा पनि जोड दिनुभयाे ।

कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव,खानेपानी तथा सरसफाइ महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थान प्रसाद गैरे,डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेले बाेल्नु भएकाे रेडियाेका स्टेसन म्यानेजर एवम् कार्यक्रम संचालक बिकाश अधिकारीले जानकारी दिनुभयाे । 

रेडियो परासीले ५२ औँ विश्व वातावरण दिवस र २५ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा २९ गते सम्म एक हप्ताको कार्यक्रम आयोजना गरेको छ । जस अनुसार आज बिहान औपचारिक कार्यक्रम अगाडी विभिन्न सरोकारवाला पक्षको उपस्थितीमा परासी वुद्धचोक बाट लोकतान्त्रीक चोक सम्म सरसफाई गरिएको थियो भने सुनवल परासी सडक खण्डकै निलो गेट क्षेत्रको सडक बिचको डिभाईडरमा विरुवा रोपिएको छ । रेडियोका अध्यक्ष राजकुमार रेश्मिले नगर प्रमुख धनपत यादवलाई कुचो हस्तान्तरण गरेर सरसफाई कार्यक्रमको सुरुवात गर्नुभएको थियो । अमला, धुपि, निम, अशोक लगायतका जातका विरुवा रोपिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयाे ।

साप्ताहव्यापी कार्यक्रम अन्र्तगत ढुंगामा कला प्रस्तुत गर्ने स्टोन आर्टको दुई दिने कार्यशाला सुरु भएको छ । आज र भोली स्टोन आर्ट र वालपेटिङ्गको कार्यक्रम हुने छ भने २५ गते देखि सरसफाईकर्मीलाई सम्मान, खानेपानी सरसफाई र वातावरण संरक्षणका सन्र्दभमा सरोकारवाला पक्ष संग रेडियो बहस तथा खुल्ला अन्तरक्रिया लगायतका कार्यक्रम सहित जेठ २९ गते चित्रकला प्रतियोगिता र समापन समारोह हुने रेडियोले जनाएको छ । रेडियो परासीले विगत एक दशक देखि निरन्तर राष्ट्रिय सरसफाई सप्ताह एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ । सो क्रममा सरोकारवालाहरुले रेडियोले संञ्चारमाध्यमको तर्फ देखि निरन्तर भुमिका निर्वाह गर्देै आएको प्रति प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानले मकव ...

रंजित चौरसिया,वीरगंज १ कार्तिक । पर्सा जिल्लाका स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा बिगत लामो समय देख ...

६९ औं प्रहरी दिवस यस ...

बिरेन्द्र प्रसाद नेपाल लहान असोज ३० गते । जिल्ला प्रहरी सिरहाले बुधबार आज श्रद्धाञ्जली समारोह , अमर ...

बोदे बर्साईनमा छैठौं ...

रहमुल लहान २९ असोज। सप्तरीको बोदेबर्साइन नगरपालिकामा हिजो छैठो मेयर गोल्डकप फुटवल प्रतियोगिता संघिय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१