Siraha Times
ताजा समाचार

कृष्णनगरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

  • जेठ ८, २०८१
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, जेष्ठ ८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह प्रमुख अतिथिमा, अतिथिमा कृष्णनगर नगरपालिका लेखा प्रमुख मनिष पाण्डे, प्रशासन शाखा प्रमुख राजेश मिश्र लगायत रहेका थिए।

वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले जानकारी दिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले स्वास्थ्य मानिसको महत्वपूर्ण पक्ष रहेकाले आफ्नो स्वास्थ्य प्रति सबैले आफै सचेत हुनुपर्ने बताउदै नगर भित्र स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा आफू लागि परेको बताए। कार्यक्रममा बोल्दै लेखा प्रमुख मनिष पान्डेले आयुर्वेद पुरानो पद्धति रहेकाले नगरपालिकाले नागरिक आरोग्य सेवा केन्द्र मार्फत नागरिक स्वास्थ्य प्रति विभिन्न कार्यक्रम हरू गर्दै आएको बताउदै अगामी दिनमा कार्यक्रम लाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गुप्ताले कृष्णनगरमा जेष्ठ नागरिकको स्वास्थ्य प्रति आफू सचेत रहेको बताउदै आगामी दिनमा समेत थप यस्तै कार्यक्रम लाउने बताए। , कपिलवस्तु आयुर्वेद प्रमुख डॉ नलिन नाथ तिवारी, डॉ आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय लगायत को चिकित्शीय टीम द्वारा रक्त जाच सहित को स्वस्थपरीक्षण तथा औषधि वितरण गरिएको थियो। कार्यक्रममा वडा सदस्य नारायण कनोडिया ,रेनु शर्मा, राहुल मोदनवाल तथा वार्ड का विभिन्न ब्यक्ति को उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१