रंजित चौरसिया वैशाख ३० वीरगंज । पत्रकारिताको नाममा दलाली चाप्लुसी गर्दै जिविका चलाउदै आएका कथित पत्रकार हरिशंकर शर्माका कारण सिङ्गो पत्रकारिता जगत नै बदनाम हुदै गएको छ । बाराको बारागढी गाउँपालिका पिपरा बसतपुर निवासी मोहन शर्माका छोरा कथित दलाल पत्रकार शर्माले पर्सा, बारा जिल्लाका कुनै पनि व्यक्ति, पालिका वा संस्थाको भ्रष्टाचार वा गलत गतिविधि बारे समाचार प्रकाशन हुंदा उनी त्यहाँ पुगी दुई÷चार सय रुपैया रिचार्ज खर्च, तेल लिई समाचार खण्डन गर्ने गरेको जगजाहेर नै छ ।
सोही क्रममा पर्साको पोखरिया नगरपालिकाको बेतिथि बारे विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पछि समाचार लेख्ने पत्रकारको चरित्र हत्या गर्ने उदेश्यले दलाल पत्रकार शर्माले वीरगंज टाईम्स नामक अनलाईनमा पालिकाबाट ५ लिटर पेट्रोल लिई झुठा, कपोकल्पित समाचार प्रकाशन गरेको देख्दा आमपाठकहरु आश्चर्यमा परेका छन् । उनी बिगतका समयमा बारम्बार पत्रकार महासंघ पर्साको गरिमामा आँच पुग्ने गरी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकै कारण उनको सदस्यता नविकरण नगर्ने महासंघका पदाधिकारीहरुले बताए पछि लाज पचाएका नकचरा पत्रकार शर्माले लिखित रुपमै महासंघमा माफी मागेपछि उनको सदस्यता नविकरण भएको घाम जस्तै छर्लङ्ग छ ।
उनी हाल कालिका टाईम्स दैनिक र सर्वराष्ट्रिय दैनिक पत्रिकाका कम्पयूटर अपरेटरमा काम गर्दै गुजारा चलाउदै आएका कथित पत्रकार शर्माले आफुलाई जबरजस्ती पत्रकार कहलाउनका लागि जो सुकैको बारेमा पनि झुठा, कपोकल्पित कुरा लेख्दै पत्रकार सावित गर्नमा प्रयासरत्त रहेका छन् । यसैगरी बारा जिल्लाको बारागढी गाउँपालिकाबाट कार्यक्रम नपाएको भन्दै झुठा, भ्रामक, कपोकल्पित समाचार लेखेपछि उनको विरुद्धमा पालिकाले पत्रकार सम्मेलन नै गरेको थियो । जुन समाचार नेपालको चर्चित टिभी काष्ठमण्डपले समाचार बजाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल नै बनेको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved