सिरहामा प्रहरीले पक्राउ गरेको तस्कर, मोटरसाइकल र अबैध औषधि (भिएग्रा) सामान छाडेर केही सामान मात्रै भन्सार बुझायो

  • चैत २७, २०८०
  • ९२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । सिरहा प्रहरीले पक्राउ गरेको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटेको टोलीद्वारा शनिबार पक्राउ गरिएको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाइएको हो । प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले शनिबार बिहान ३ बजे कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र तस्करीका अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको थियो ।

भारतबाट नेपाल आउँदै गरेको तीन मोटरसाइकलमा १० लाख रुपैयाँ बराबरको अबैध औषधि ( भियेग्रा), कपडा, जुत्ता, चप्पल र कस्टमेटिकलगायतका सामान बरामद गरिएको थियो । भारतसँगको सिमानादेखि नै विभिन्न स्थानमा सुरक्षाकर्मीको जाँच हुने गरे पनि यी सामान भने प्रहरीले सीमाभन्दा अन्दाजी २० किलोमिटर वर मात्रै नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले पक्राउ गरिएको मोटरसाइकल, व्यक्ति र औषधि गायब पारेर एक लाख ८८ हजार ७ सय बराबरको सामान मात्रै आइतबार सिरहा भन्सार कार्यालय, माडर बुझाएको छ । र, जिल्ला प्रहरी कार्यालय, सिरहाबाट जारी भएको प्रेस विज्ञप्तिमा भन्सार बुझाइएको उक्त सामान गस्ती गर्ने क्रममा विष्णुपुर गाउँपालिका २ स्थित लक्ष्मीपुरबाट बेवारिसे अवस्थामा फेला पारेको उल्लेख गरिएको छ ।

जबकि, प्रहरीले मोटरसाइकलसहित उक्त सामान पक्राउ गर्ने बेलाको तस्वीर पनि हामीसँग छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी मुक्तिनाथ सापकोटाले भने यही नै सही सूचना भएको दावी गरे । 'प्रेस विज्ञप्तिमा जे छ, त्यही नै सही सूचना हो,' उनले भने, 'बाँकी कुरा थाहा छैन ।' श्रोतका अनुसार, सुरक्षा निकायको मिलेमतोमै भारतबाट उक्त सामान तस्करी गरी ल्याइँदै थियो । त्यसमा लागूऔषध पनि भएकाले पक्राउ परेको व्यक्ति, मोटरसाइकल र औषधिलाई प्रहरीले गायब पारेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्रिमियर ल ...

अजय मिश्र, कपिलवस्तु, माघ २८ । कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न ...

सिरहाको खङटोलमा सखिय ...

रहमुल लहान, माघ २८ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खङटोलमा नवनिर्मित सखिया मन्द ...

विवाहको उमेरहदकानुनी ...

संजु कुमारी दास, लाहान, माघ २८ । सातवटै प्रदेशका संघ संस्थाकाप्रतिनिधिहरुलेमाघ २७गतेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१