लहान १९ । मधेश प्रदेश सरकार मातहत रहेका सिरहा जिल्लाकाे पुर्वाधार बिकाश कार्यालयले आम उपभोक्तालाई विभिन्न बाहानामा शास्ती दिने काम गरेकाे छ।मधेश सरकारकाे विभिन्न याेजनाहरु रहेका उक्त कार्यालयमा कार्य सम्झौता, कार्य स्टीमेट,साईट चेकजाँच,कार्यआदेशकाे नाउँमा कर्मचारीहरु नै बिचाैलिया मार्फत रकम माग गरेकाे पाईएकाे छ। जुन उपभोक्ताले रकम दिन्छ पैसाकाे सेटिङ्ग मिल्छ उसकाे कार्य आदेश तुरुन्तै दिने र जाे संग पैसाकाे सेटिङ्ग मिल्दैन, पैसाे दिदैन उसलाई दिनै पिच्छे कार्यलय दाैडाउने काम गरिरहेकाे छ। पैसा नदिनेलाई याे कागजात मिलेन त्यो मिलेन भनी विभिन्न कागजात माग गरी महिनाै सम्म कार्यलय दाैडिनु पर्ने बाध्यता रहेकाे पिडित उपभोक्ताहरु बताउछन।कर्मचारी ,बिचाैलिया देखि हाकिम संग सेटिङ्ग रहेकाे कुरा बताउदै एक उपभोक्ता उक्त कार्यलयका हाकिम रामदेव खर्गा संग कुरा गर्न खाेज्दा माेवाईल स्विच अफ गरेर क्वाटर भित्र बसेका थिए।का.स.मार्फत कुरा पठाउदा साईट इन्चार्ज ज्योति साह संग कुरा गर्न भन्नू भनेर पन्छिनु भएकाे थियाे।यता साईट ईन्चार्ज साह माेवाईल अफ गरेर कार्यलयबाट ४:०० बजे नै निस्किनु भएकाे थियाे। यसरी जनता उपभोक्ता संग प्रत्यक्ष सराेकार राख्ने कार्यलयले आम उपभोक्तालाई दु:ख दिरहदा सम्बन्धित निकायहरुलाई यस्ता कार्यलयलाई अनुगमनकाे दायरामा राखि पटक पटक अनुगमन गर्नु पर्ने आवश्यकता रहेकाे हुनाले ध्यानाकर्षण गराउन चाहन्छौं ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved