वीरगंज १८ चैत्र। पर्सा जिल्लाको विन्दवासिनी गाँउपालिका वडा नम्बर २ बहुअर्वा भाठ्ठा टोलमा आयुर्वेद औषधालय भवनको शनिवार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिकाका सभापति तथा गाउँपालिका अध्यक्ष पदका प्रत्याशी बिवेक कुमार चौरसियाले शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि चौरसियाले आयुर्वेद उपचार प्रणाली पुरानो भएकोले अहिले पनि गाउँघरमा आयुर्वेदलाई नै प्राथमिक्ता दिने गरेको चर्चा गरे । आयुर्वेद उपचार प्रणालीबाट रोग निको हुन समय लाग्ने भए पनि यसबाट कुनै पनि किसिमको साईडईफेक्ट नहुने बताए ।
मधेश प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा आयुर्वेद औषधालय भवनको निर्माण हुन लागेको जनाईएको छ । बिन्दवासिनी गाउँपालिका वडा न.२ का वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा बहुअर्वा भाठा आयुर्वेद औषधालयका प्रमुख श्यामबाबु साह त्यसैगरी उमेश चौरसिया, प्रभु चौहान, छठुलाल चौरसिया, सन्तोष चौरसिया, मुनिलाल दास, पानालाल चौरसिया, पानालाल मुखिया, त्रिचन्द राज चौहान, चोकट साह कानु, सागिर मिया, चंचल यादव, अजय गुप्ता, सन्तोष सराफ, आनन्द राज चौहान लगायतको उपस्थिती रहेको युवा नेता उपनेश चौरसियाले बताए ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved