रहमुल लहान ६ चैत्र सिरहाको भगवानपुर गाउँपालिका २ नहरामा मधेश प्रदेस सभा सदस्य माननीय राजकुमार गुप्ता( राजु)को प्रमुख अतिथित्वमा ९ कुण्डीय गायत्री महायज्ञ प्राण प्रतिष्ठा एवम पावनप्रज्ञा पुराण कथाको आज बाट उदघाटन भै शुभारम्भ भएको छ ।

आजको उदघाटन कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा गा.पा. अध्यक्ष उग्रनरायण यादव, भु.पु. गा.पा. अध्यक्ष बेचन यादव, अतिथिहरु वाडा न.२का वाडा अध्यक्ष सुर्यनरायण यादव, १न.का भु.पु. वडा अध्यक्ष हरीनरायण यादव, १न.का भु.पु. वडा अध्यक्ष बद्रीनारायण यादव लगायत बिभिन्न पार्टीका उच्चस्तरका नेताकार्यकर्ताको बाक्लो उपस्थिति एउटै मंचमा देखिएको खुशीको कुरो हो ।

आजको गायत्री माताको प्राण प्रतिस्ठा कार्यक्रममा हजारौको संख्यामा महिला दिदिबहिनीहरुको कलस यात्राको बाक्लो भिड रहेको थियो। आज बाट शुरु भएको यज्ञ पर्सी ८ चैतमा समापन हुने आयोजकले जनाएका छन। प्राण प्रतिस्ठा र यज्ञ उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका माननीय गुप्ता बालासुन्द्री मन्दिर भगवानपुर, लक्ष्मीनारायण मन्दिर, बलान नदि नियन्त्रण लगायत समसामयिक बिषय बस्तु सम्बन्धि गहन छलफल आफ्ना पार्टीका नेताकार्यकर्ता र भगवानपुर गा.पा. अध्यक्ष सहित अन्य जनप्रतिनिधिहरु संग गरेका थिए ।

सिरहा टाइम्स सम्बादाता संग छोटो कुराकानी गर्दै माननीय गुप्ता लहान -ठाडी सडकखण्डको काम छिटो शुरु भइ गुणस्तर बन्ने, मुख्य भन्सार छिटो सन्चालनमा आउने र बलान नदि नियन्त्रण सम्बन्धि काम पनि छिटै शुरु हुने बताएका छन। उहाँ अगाडी थप्दै यो क्षेत्र कृषि प्रधान क्षेत्र रहेको र यस भेगका युवा लागुऔषधको लतमा फसेको भयाबह रहेकोले यसलाई मध्यनजर गर्दै हामी सबै मिलि समाधान तिर जानु पर्ने तथा प्रदेश सरकारको ध्यानाकर्षण धेरै पटक गराइ सकेको र अझ मैले प्रयास गरिरहेको समेत बताएका छन।





प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved