विनोद मण्डल,सिरहा चैत्र ५ । सिरहाको सीमावर्ती नाकाहरुबाट नियमित तस्करी भइरहँदा पनि प्रशासन त्यसलाई नियन्त्रण गर्न असमर्थ रहेको अवस्थामा सिरहाका पत्रकारहरु शिबदयाल यादव र विनय यादवको सक्रियतामा आज एक तस्कर गिरोहलाई शिल गराउन सफल भएका छन् । बिहान करिब ४: ०० बजेदेखी तस्करहरुको वास्तविक स्थित बुझ्नका लागि गोप्य रूपमा खटेका उनीहरूले प्रसासनिक निकायको तत्काल ध्यानाकर्षण गराउन सफल भएका थिए ।,
गोलबजार नगरपालिका वडा नं ९ मा रहेको शारदा डिस्टिलरीबाट राजस्व छली गर्दै सीमावर्ती क्षेत्र अन्तर्गत स्थानिय माडरस्थित एक गोदाममा भण्डारण गर्दै आएका रक्सीको भेद बुझ्नका लागि बिहान ४ बजेदेखि गोप्य रूपमा खटेका पत्रकारहरु शिव दयाल यादव र विनय यादवले रक्सी बोकेर भारततर्फ जाँदै गरेको ट्रकलाई पछ्याउदै भण्डारण स्थलसम्म पुगेका थिए ।
ट्रक सिरहा -१५ माडरस्थित भण्डारण स्थलसम्म पुगेपछि रोकिएर तस्करीको लाईन मिलाई भण्डारण गर्न दारु गोदामतिर मालसामान सहित अघि बढेपछि तस्करीको वास्तविक भेद पत्रकारद्धयले जान्न सफल भएका थिए । नेपालबाट तस्करी गर्दै सीमावर्ती भारतिय बजारहरुमा पुगाउनका लागि भण्डारण गरी राखिएका आशिष जेनरल स्टोरको गोदाममा छापा मार्दा आन्तरिक राजस्व विभागले प्रदान गर्ने स्टिकरलाई सरोकारवालाको मिलेमतोमै दुई टुक्रा पारेर प्रयोग गरी उद्योगले राजस्व छली गर्दै आएको अवस्था देखेपछि राजस्वको टोली गोदाममा बोलाइएको थियो ।
गोदाममा शारदा डिस्टिलरीबाट उत्पादित दारुसहित ३१५ कार्टुन मदिरा राजस्व छली गरेको अवस्थामा पाएपछि राजस्व कार्यालय लहानले उपस्थितिको लागि पत्र दिँदै गोदाम शिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved