ताजा समाचार

सिरहामा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि अन्तरक्रिया

  • फागुन ४, २०८०
  • १३८८ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा फाल्गुन ५ गते । सिरहामा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा सिरहाको होटल रमझममा गरिएको कार्यक्रममा शिक्षा क्षेत्रमा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि विभिन्न बिषयमा प्रकाश पारिएको थियो ।

Picsart_24-02-16_22-22-06-546शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शशि कुमार यादवको अध्यक्षता एवम् शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरकी निर्देशक अनिता कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यालयमा सुशासन कायम राख्ने उदेश्यले यस्ता कार्यक्रमहरु प्रभावकारी हुने निर्देशक कोइरालाले बताइन् । जिल्ला शिक्षा कार्यालयहरू लाई सक्रिय बनाई विद्यालयको विद्यमान शैक्षिक प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन शिक्षामा अदालती कार्यप्रक्रिया पनि जान्नु जरुरी रहेको देखिन्छ । शिक्षण पेशामा कतिपय क्रियाकलापले केरियरमा पनि असर हुने खाले विभिन्न एक्सनहरु काम कार्वाही हुने भएकाले यसमा सजग रहनु पर्ने यसमा जोड दिन इकाइ प्रमुख यादवले बताए ।

यस्तै विद्यालयमा शैक्षिक सुशासन कायम गर्नु पर्नेमा जोड दिनुपर्ने उनले थपे । विद्यालय संग सम्बन्ध राख्ने उजुरी र गुनासोहरु सम्बन्धि निकाय बाट खोजबिन भएमा खण्डमा माग गरेको कागजात तत्काल उपलब्ध गराउनु पर्ने बताए । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको शाखा अधिकृत विजया सत्यालले अदालती प्रक्रिया तथा उजुरी फर्छौट सम्बन्धि कार्यक्रमलाई सहजीकरण गरेकी थिइन । उक्त अन्तरक्रियामा शिक्षा शाखा प्रमुख , विभिन्न विद्यालयका प्र.अ ,शिक्षक , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤