ताजा समाचार

बर्षमा एक चोटी मात्रै फूल्ने फूल हेर्न ललायित छन् सरकारका प्रवक्ता

  • चैत ३०, २०७५
  • २२५६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ३० चैत्त । बर्षमा एक चोटी फुल्ने फुल हेर्न म ललायित थिए । तर, त्यो सम्भव भएन् समय अभावको कारणले सूचना तथा सँचार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यो कुरा बताए । सिरहाको लक्ष्मीपुर पतारी ६ सितापुर स्थित चैत्र २९ गते बौकीदेवी मेला महोत्सव उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले विश्वमै यस्तो फुल फुल्नु अलोकिक मानिन्छ यो फुल्ने दिन आएर अवश्यक हेर्ने छु बताए । पत्रकारहरुले यसलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आग्रह उहाँले आग्रह समेत गरे । लहान अर्थात सलहेशक्षेत्रमा नयां बर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने यो पौराणिक परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त फूल हेर्न देशका अधिकांश जिल्ला र भारतका विहारबाट श्रद्धालुभक्तजनहरु घुईंचो लाग्ने गरेको छ ।

‘सल्हेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेस को थिए ? कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती यस्तो छ ।

छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो । भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने ।

सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ । राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ । लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा ११ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै ओइलाउँदै जान्छ । अच्चमको उक्त फूल हेर्न भारतबाट समेत मानिस आउने र मेला भर्ने गर्छन् ।

किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ । यता, सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ । पतारीमा ५ विघामा विशाल पोखरी फैलिएको छ ।

पोखरीको दक्षिण पटटी राजा हरि सिंह देवको मंदिर पर्छ । यहाँको विशेषता मेला आउने भक्तजनहरु आए र जसको संतान छैन त्यो संतान प्रापतीको लागि १ गते राति उपसना व्रत बस्छन् । रात भरि बसे र भोली दिसो अर्थात बैशाख २ गते त्यो पोखरी मा नुहाउने गर्छन् । नुहाएर आफनो संतान प्रापति तथा सुख शान्तीको लागि मनोकामना गर्दछ । हरेक वर्ष झै यात्रीहरुको स्वागतका लागि बिभिन किसिमका नाच गान, सर्कस खेल र राती बस्ने अस्थायी घर बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤