लहानमा उद्योग वाणिज्य संघद्वारा स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • कार्तिक ३०, २०८२
  • २८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मङ्सिर ०१ । सिरहा जिल्लाको लहानमा जिल्ला उद्योग वाणिज्य संघ जिल्ला कार्यसमिति सिरहा लहानले आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम हिजो कार्तिक ३० गते सम्पन्न भएको हो। कार्यक्रम संघका अध्यक्ष विकास सारडाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी रहेका थिए। साथै विशिष्ट अतिथिमा सिरहा जिल्ला अधिकारी सुरेन्द्र पौड्याल, एसपी अनन्तराज शर्मा, सशस्त्र प्रहरीका प्रमुख, विभिन्न सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुमा अध्यक्ष विकास सारडाले स्वागत मन्तव्य राख्दै लहानका व्यवसायीहरूले भोगिरहेका समस्या, चुनौती तथा सुधार आवश्यक पक्षहरूबारे खुलेर प्रस्तुत गरे। उनले व्यवसाय सहज बनाउन नगरपालिकाले प्रभावकारी सहयोग पुर्याहउनुपर्ने, उद्योग–व्यवसाय अनुकूल वातावरण निर्माणमा ध्यान दिनुपर्ने र लामो समयदेखि रोकिएको गाउँ ब्लकको जग्गा फुकुवा गरिदिन प्रमुख अतिथिको ध्यानाकर्षण गराए। सारडाले व्यवसायीमैत्री वातावरण नबनेसम्म स्थानीय विकास सम्भव नहुने उल्लेख गर्दै व्यवसायीहरूको हकहितका सवालमा संघ सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको औपचारिक सुरुवात उद्घाटन ब्यानर पढेर गरिएको थियो भने राष्ट्रिय गानमार्फत कार्यक्रमको सुरु गरिएको थियो। कार्यक्रममा निरज गुप्ताले प्रशासनिक निकायमा देखिने कमजोरीबारे कडा धारणा व्यक्त गर्दै केही कर्मचारीको लापरवाहीका कारण व्यवसायीहरू पीडित बन्नुपरेको आरोप लगाए। उनले आफ्नो सम्पत्तिसम्बन्धी मुद्दामा आवाज उठाउँदा अन्यायपूर्वक थुनुवामा परेको गुनासो सुनाउँदै वास्तविक समस्या सुन्न कसैले चासो नदिएको गुनासो पनि गरे। “कामचोर कर्मचारीका कारण धेरै व्यवसायी मर्कामा छन्,” उनले भने। त्यसैगरी कार्यक्रममा उपस्थित विभिन्न व्यवसायीहरूले पनि आ–आफ्ना पीडा, समस्या र अनुभवहरू खुलेर राखे।

कर प्रशासनमा देखिने ढिलासुस्ती, अनुमति प्रक्रियामा हुने झन्झट, बजार अनुगमनको असमान व्यवहार, स्थानीय तहसम्बन्धी झन्झटलगायत मुद्दाहरू व्यवसायीहरूले उठाए। व्यवसायीहरूले उद्योग–व्यवसाय सहज हुने वातावरण निर्माणका लागि नगरपालिका, प्रशासन र सुरक्षा निकायबीच समन्वय अझ प्रभावकारी हुनुपर्ने माग गरेका थिए। प्रमुख अतिथि मेयर महेश प्रसाद चौधरीले व्यवसायीहरूले उठाएका समस्या सम्बोधन गर्न नगरपालिकाको तर्फबाट सक्दो सहकार्य हुने आश्वासन दिए। उनले गाउँ ब्लकको जग्गा, अनुमति प्रक्रिया र व्यवसायमैत्री वातावरणका विषयमा शीघ्र कार्यविधि अगाडि बढाउने बताए।

मेयर चौधरीले लहानलाई व्यवसायिक केन्द्रका रूपमा विकास गर्न निजी क्षेत्रसँग सहकार्य अत्यावश्यक रहेको उल्लेख गरे। कार्यक्रम अन्त्यमा संघले सहभागी अतिथिहरूलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको थियो। कार्यक्रम उद्योग–व्यवसाय, स्थानीय प्रशासन र नगरपालिकाबीच सहकार्य र संवादको नयाँ चरणको रूपमा लिन सकिने टिप्पणी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिका–२३ गा ...

रहमुल लहान मङ्सिर ०१ । सिरहाको लहान नगरपालिका २३ स्थित गाढा चौकमा हालै जडान गरिएको हायमास ...

लहानमा कानको विशेष उ ...

ओम प्रकाश यादव लहान मङ्सिर ०१ । सिरहा जिल्लाको लहानमा निजी क्षेत्रको पहलमा पहिलोपटक कानको विशेष उपचा ...

कार्यालय समयमा मस्त ...

सिराहा, कार्तिक ३० गते । विडम्बना समयमा अधिकाँश जनप्रतिनिधिहरु कार्यालय आउँदैन् । आए पनि बिना घुस, क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१