कार्तिक २४ । मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले घोर आपत्ति जनाएको छ । जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर निस्किएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठनको खेल खेलेकी छन् ।
साहले मुख्यमन्त्रीसँग राति ४ बजे उपचारका लागि विदा लिएर हिँडेकी भनिएकी प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई सपथ दिलाउँदै मधेश प्रदेशको अस्मिता र संघीयताको चीरहरण गरेकाे आराेप लगाउनु भयाे । सचिव साहले , “यस घटनाले न केवल संविधान र संघीयताको अपमान गरेको छ, बल्की मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा ठेस पुर्याएको छ । यस्तो घृणित र गैरसंवैधानिक कार्यको जसपा नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ।”
सचिव साहले “होटलमा बनेको सरकार स्वीकार्य छैन” भन्दै स्पष्ट चेतावनी दिएको छ कि संविधानको खिल्ली उडाउनेहरूले जनताको कठोर निर्णय भोग्नु पर्नेछ । जसपा,नेपालले सबै लोकतान्त्रिक शक्तिहरूलाई संघीयता, संविधान र मधेशको पहिचान र अस्मिता जोगाउने अभियानमा एकजुट हुन आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic