Siraha Times
ताजा समाचार

मधेश प्रदेशको अस्मितामाथि प्रहार, जसपा नेपालको घोर आपत्ति

  • कार्तिक २४, २०८२
  • ९१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक २४ । ‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले घोर आपत्ति जनाएको छ । ‎ ‎जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर निस्किएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठनको खेल खेलेकी छन् ।

‎ ‎साहले मुख्यमन्त्रीसँग राति ४ बजे उपचारका लागि विदा लिएर हिँडेकी भनिएकी प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई सपथ दिलाउँदै मधेश प्रदेशको अस्मिता र संघीयताको चीरहरण गरेकाे आराेप लगाउनु भयाे । ‎ ‎सचिव साहले , “यस घटनाले न केवल संविधान र संघीयताको अपमान गरेको छ, बल्की मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा ठेस पुर्‍याएको छ । यस्तो घृणित र गैरसंवैधानिक कार्यको जसपा नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ।”

‎ ‎सचिव साहले “होटलमा बनेको सरकार स्वीकार्य छैन” भन्दै स्पष्ट चेतावनी दिएको छ कि संविधानको खिल्ली उडाउनेहरूले जनताको कठोर निर्णय भोग्नु पर्नेछ । ‎ ‎जसपा,नेपालले सबै लोकतान्त्रिक शक्तिहरूलाई संघीयता, संविधान र मधेशको पहिचान र अस्मिता जोगाउने अभियानमा एकजुट हुन आह्वान गरेको छ । ‎

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१