लहान–१५ र १८ मा संरक्षण परियोजनाको अनुगमन : पोखरी, तालदेखि आयआर्जनसम्मका कामले देखायो प्रभाव

  • कार्तिक २९, २०८२
  • ६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, कात्तिक २९ । लहान नगरपालिका, JOA, Care Nepal तथा FECOFUN/NFGF को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको मुतनी जलाधारमा आधारित संरक्षण परियोजना अन्तर्गत लहान–१५ र १८ मा सम्पन्न गतिविधिहरूको हिजो अनुगमन तथा निरीक्षण गरेको छ। परियोजना अन्तर्गत जलस्रोत संरक्षणदेखि आयआर्जनसम्मका बहुआयामिक कार्यक्रम कार्यान्वयनमा छन्, जसको प्रभाव स्थानीय समुदायले प्रत्यक्ष रूपमा अनुभूति गरिरहेका छन्।

अनुगमन टोलीमा लहान नगरपालिकाका मेयर महेश चौधरी, वडा नम्बर १५ का वडा अध्यक्ष तेजनारायण चौधरी, कृषि शाखा प्रमुख प्रकाश साह, पशु शाखा प्रमुख रामकृष्ण यादव, FECOFUN/NFGF तथा स्थानीय संस्थाका प्रतिनिधिहरू, महासंघका प्रतिनिधि विष्णु साह, साथै विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति उल्लेखनीय थियो। टोलीले एकै दिन वडा–१५ र वडा–१८ का विभिन्न कार्यस्थल पुगेको थियो।

परियोजनाअन्तर्गत दुवै वडामा आकाशेपानी संकलनका लागि पोखरी र ताल निर्माण गरिएको छ। विगतमा वर्षाको समयमा मात्रै पानी उपलब्ध हुने स्थानमा अहिले वर्षैभरि पानी उपलब्ध हुने अवस्था बनेको स्थानीयले बताएका छन्। पोखरी तथा तालमा पानीको सतह (Water Level) बढेका कारण भू–जलस्तरमा समेत सुधार आएको देखिएको छ। यसले जङ्गल तथा आसपासका क्षेत्रको वातावरणमा सकारात्मक असर परेको निरीक्षण टोलीको निष्कर्ष छ।

पानीका स्रोत स्थायी भएपछि जङ्गल तथा वनक्षेत्र वरिपरि चराचुरुङ्गीको बसोबास, आवागमन र प्रजातिको वृद्धि भएको स्थानीय बासिन्दाले बताए। अनुगमनका क्रममा वातावरणीय सुधार तथा जैविक विविधता संरक्षण परियोजनाको ठोस उपलब्धि रहेको मेयर चौधरीले उल्लेख गरे।

पोखरी र तालमा भरपूर पानी जोगिन थालेपछि किसानलाई सिचाइका लागि आवश्यक पानी सहज रूपमा उपलब्ध भएको छ।विगतमा वर्षामा भर पर्नुपर्ने अवस्था रहेकोमा अब: मलिलो खेतमा वर्षैभरि तरकारी उत्पादन,off-season खेती,माछापालन,पशुपालन विस्तार, जस्ता गतिविधि गर्न किसान सक्षम भएका छन्।

विशेषगरी माछापालन परियोजनाको प्रमुख आयआर्जन गतिविधि बनेको बताइयो। ताल तथा पोखरीमा उत्पादित माछाले समूह तथा व्यक्तिगत दुवै स्तरमा किसानलाई राम्रो आम्दानी दिलाइरहेको छ। अनुगमन टोलीले फलफूलका बिरुवा, जङ्गली प्रजातिका बिरुवा तथा दीर्घकालीन वातावरणीय संरक्षणका लागि जैविक विविधता प्रवर्द्धनसँग सम्बन्धित रोपाइँ कार्यक्रमको अवस्थासमेत अवलोकन गर्‍यो। स्थानीय समूहले परियोजनाले उपलब्ध गराएका बिरुवाहरू आवश्यक तालिमसहित रोपेका छन् र संरक्षण कार्य नियमित रूपमा भइरहेको बताइयो।

परियोजना अन्तर्गत वडा–१५ र १८ मा किसानहरूलाई समूहमा सङ्गठित गरेर: सामाजिक तथा प्राविधिक सीप विकास तालिम,कृषि तथा आयआर्जनका सामग्री,घरेलु तथा व्यावसायिक गतिविधिका लागि नगद अनुदान,सहयोग प्रदान गरिएको अनुगमनमा जनाइएको छ।
यी कार्यक्रमले महिलासहित स्थानीय किसानको आर्थिक अवस्था मजबुत बनाएको निष्कर्ष टोलीले निकालेको छ।

अनुगमनपछि मेयर महेश चौधरीले जलाधार संरक्षण कार्य केवल वातावरणीय सुधार होइन, समुदायको आर्थिक, सामाजिक तथा कृषि विकाससँग पनि प्रत्यक्ष जोडिएको बताउँदै आगामी दिनमा पनि यस्ता परियोजनालाई प्राथमिकतामा राखिने बताए। वडा अध्यक्ष तेजनारायण चौधरीले परियोजनाले गाउँको रूपान्तरणलाई गति दिएको उल्लेख गर्दै किसान तथा स्थानीय समुदायको सक्रियता प्रशंसनीय भएको प्रतिक्रिया दिए। परियोजनाका प्रतिनिधिहरूले आगामी चरणमा ढल निकास व्यवस्थापन, वन संरक्षण, कृषि सिँचाइ विस्तार तथा उद्यमशीलता प्रवर्द्धनका गतिविधिहरू थप सशक्त पारिने जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस

विश्व मधुमेह दिवसको ...

वीरगंज २९ कात्तिक । विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पह ...

बत्ती, पानी र बाटोको ...

विनोद अविरल,कार्तिक २८, ​सिराहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ मा अवस्थित दुर्गम ...

सिरहामा छुट्टाछुट्टै ...

ओम प्रकाश यादव लहान, २७ कात्तिक । सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा गरेको अपरेसनमा ला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१