दलित जनकल्याण युवा क्लब र एक्सनएड्को सहयोगमा निर्मित संरचनाको अनुगमन

  • कार्तिक २७, २०८२
  • ३९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान कात्तिक २७ । सिरहा जिल्लाको लहान नगरपालिकामा दलित जनकल्याण युवा क्लब र अन्तर्राष्ट्रिय संस्था एक्सनएड्को संयुक्त सहयोगमा निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरूको अनुगमन गरिएको छ। अनुगमन टोलीमा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, उपप्रमुख दिलिप लामा, सञ्चारकर्मीहरू तथा स्थानीय प्रतिनिधिहरू सहभागी थिए।

अनुगमन टोलीको नेतृत्व दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद विसुन्केले गरेका थिए। टोलीले सिरहाका विभिन्न स्थानमा निर्माण भएका विद्यालय भवन, श्रमिक भवन, स्तनपान कक्ष र शौचालयलगायतका संरचनाहरूको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा लहान नगरपालिका–१२ फुलवारी टोलमा १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको श्रमिक भवन र स्तनपान कक्ष उत्कृष्ट रूपमा सम्पन्न भएको भन्दै सराहना गरिएको छ। यसैगरी, लहान नगरपालिका–२२ जहदी सिसवनीस्थित श्री आधारभूत विद्यालयमा ८८ लाख ९४ हजार रुपैयाँको लागतमा चार कोठे विद्यालय भवन निर्माण गरिएको छ।

सो भवनले गाउँका बालबालिकाको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। त्यसैगरी, लहान नगरपालिका–१३ घलेटोलस्थित श्री जनता आधारभूत विद्यालयमा दुई कोठे विद्यालय भवन निर्माण सम्पन्न भएको छ। यसका साथै, धनगढीमाई नगरपालिका–१० श्यामपुरस्थित श्री आधारभूत विद्यालयमा ३ लाख ६२ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको छ भने श्री महावीर विद्यालय चैनपुरमा पनि ३ लाख रुपैयाँमा शौचालय निर्माण गरिएको छ।

अनुगमन टोलीका सदस्यहरूका अनुसार यी सबै संरचनाहरूले शिक्षा, सरसफाइ र महिला सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। स्थानीयवासीहरूले पनि यस्तो सहयोगले गाउँको विकासमा नयाँ उर्जा थपेको प्रतिक्रिया दिएका छन्। दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद विसुन्केका अनुसार एक्सनएड्को सहयोगले जिल्लाभरका दलित समुदाय र विपन्न वर्गका नागरिकहरूमा आत्मबल जागृत गराएको छ। “हामीले सामाजिक समावेशीकरण र समान अवसरका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,” उनले भने।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले यस्ता योजनाले नगरपालिका भित्रको शैक्षिक र सामाजिक पूर्वाधार मजबुत बनाएको बताए। “यसरी सहयोगी संस्थाहरूले देखाएको प्रतिबद्धता प्रशंसनीय छ। आगामी दिनमा पनि यस्ता साझेदारी कार्यक्रमलाई नगरपालिका पूर्ण साथ दिनेछ,” झाले भनाइमा जोड दिए।

स्थानीय स्तरमा निर्माण भएका यी संरचनाहरू दिगो विकासको दिशामा महत्वपूर्ण पाइला भएको सहभागीहरूको निष्कर्ष थियो। अनुगमन टोलीले सम्पूर्ण निर्माण कार्यलाई व्यवस्थित, गुणस्तरीय र लोभलाग्दो बताउँदै आगामी चरणमा पनि यस्ता परियोजनाहरू थप क्षेत्रसम्म विस्तार गर्ने अपेक्षा राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१