Siraha Times
ताजा समाचार

जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सामीको समीक्षात्मक कार्यक्रम सम्पन्न

  • माघ ११, २०८०
  • ६४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,माघ १० । पछिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयमा सामी परियोजनाको कार्यक्रमको बारेमा समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित सामी परियोजना नेपालमा सन २०११ देखी संचालनमा रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने मुख्य उद्देश्य रहेको सामी परियोजनाले गन्तव्य मुलुकमा सुरक्षित र सम्मान जनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप,परामर्श लगायतका सहयोग प्रदान गर्नुका साथै सुचनामा पहुँच , सीपमा पहुँच,न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतको विषय वस्तुमा केन्द्रित भएर स्थानीय सरकारहरूसँगको सहकार्यमा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा उक्त कार्यक्रमको प्रभावकारिता र आगामी चूनौती सम्बन्धमा समीक्षात्मक कार्यक्रम जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सम्पन्न भएको छ ।

आयोजित कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख, नगर उप-प्रमुख, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सामी कार्यक्रम संयोजक लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चालू आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयमा प्राप्त वैदेशिक रोजगारीका ठगी उजुरी उपर कारवाही भई फछ्यौट भएका वैदेशिक रोजगारीका उजुरीहरू, पिडितलाई फिर्ता गरिएको रकम सहितको विस्तृत विवरण केही दिनमा सार्वजनिक गर्ने समेत बताईएको छ ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाने सोच बनाउनु भएका र जान लाग्नु भएका सम्पूर्ण व्यक्तिहरूले जिल्ला प्रशासन कार्यालय परिसरभित्रै रहेको सामी परियोजनाको केन्द्रको परामर्श लिएर जानका लागि समेत भनिएको जिल्ला प्रशासन कार्यालय पछिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१