श्रीनिधि साकोसको वार्षिक साधारणसभा सम्पन्न, आ.व. २०७९÷०८० मा ९७ करोड ४३ लाखको कारोबार

  • पुस २०, २०८०
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २० पुस । श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १२ औं वार्षिक साधारणसभा शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको नगरसभा गृहमा सम्पन्न साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बि. उप्रेतिले देश आर्थिक रुपले विष्म परिस्थितिमा रहको बेला पनि यस संस्थाले राम्रो प्रगति गरेको चर्चा गर्दै आउने दिनमा पनि अझै उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटर अगाडि बढेको उदाहरण दिदै उप्रेतिले सरकारले वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको दाबी समेत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष उप्रेतिले देशभरमा करिब ३० हजार सहकारी रहेकोमा सो मध्ये करिब १ सय सहकारीहरुले गल्ती गरेकै कारण सबै सहकारीहरु बदनाम हुदै गएकोमा त्यस्ता सहकारीहरुबाट सचेत हुन आग्रह गरेका थिए ।

केही सहकारी भागेको हल्ला पश्चात सबै सदस्यहरुले डराएर आ–आफ्नो सहकारीबाट रकम निकाल्न खोज्दा अन्य सहकारीहरुलाई पनि समस्या भई रहेकोमा चिन्ता जनाएका थिए । सहकारीहरुलाई प्रशिक्षित गर्न राष्ट्रिय सहकारी बैंकले हरेक हप्ताको शुक्रवार अनलाईन प्रशिक्षण दिईरहेकोले त्यसमा सहभागी हुन सुझाउदै अध्यक्ष उप्रेतिले सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा रही कार्य गर्ने सहकारीको उन्नति प्रगति हुदै जाने बताए । कुनै पनि सहकारीले संकलन गरेको निक्षेपमध्ये ८० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ र २० प्रतिशत तरलता राख्नु पर्नेमा श्रीनिधि साकोसले ३६ प्रतिशत तलरता राखेकोको ढुक्क भएर यसमा कारोबार गर्न सदस्यहरुलाई सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तव, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, नेफस्कुनका संचालक सदस्य हरेराम पटेल, सहकारी विकास बोर्डका पूर्व सञ् चालक शम्भु गुप्ता, बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडित लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाको वार्षिक प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आ.व. २०७९÷०८० मा कुल कारोबार ९७ करोड ४३ लाख ७३ हजार ८ सय ८४ रुपैया रहेकोमा संस्थाको शेयर पूँजी ४ करोड ८३ लाख ८९ हजार ५०० रुपैया, बचत संकलन ६९ करोड ७४ लाख ७९ हजार ३ सय ९७ रुपैया, जगेडा तथा अन्य कोषहरुमा ४ करोड ७ लाख ४५ हजार ६ सय ५६ रुपैया, कर्जा तथा सापटि ६४ करोड ६५ लाख २३ हजार २ सय ५४ रुपैया रहेकोमा खुद नाफा १ करोड ३१ लाख ४ हजार ३ सय ९१ रुपैया रहेको बताए ।

साथै संस्थको स्थिर सम्पत्ति वीरगंजको आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा जोडन सफल भएको र सो जग्गामा एक वर्ष भित्र भवन निर्माण गर्ने योजना रहेको बताए । संस्थाले २०७५ पुस १४ गते देखि नै प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा, एसएमएस बैंकिङ्ग, कलेक्टर एपस, बल्क एसएमएस सुचारु गरेको तथा डिजिटल भुक्तानी गर्ने क्युआर कोड, एटिएम सेवा समेत संचालनमा आएको कार्यकारी अधिकृत चौरसियाले बताए ।

सो अवसरमा संस्थामा उत्कृत बचत कारोबार गर्ने रामायण गिरी, विश्वनाथ प्रसाद, उत्कृष्ट बाल बचत सदस्य आस्था श्रेष्ठ, उत्कृष्ट ऋणि सदस्य रामनारायण प्रसाद तेली, उत्कृष्ट कर्मचारीहरु शान्ता श्रेष्ठ, तेतरी देवी रानामगर र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरु कृष्ण यादव, हिरालाल चौरसिया, नेहा उपाध्याय, शुष्मा महर्जन, मेनुका साह, मामता भोलन लगायतकालाई मायाको चिन्हो सहित प्रशंसा पत्रले ले सम्मानित गरिएको थियो ।

उज्जवल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा वीरगंज महानगरपालिकाको सहकारी शाखाका सुनिल कर्ण, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवारज खडका, विस्को साकोसका अध्यक्ष डिल्ली विक्रम कार्की, स्वच्छ साकोसका अध्यक्ष पवन अग्रवाल, राष्ट्रिय सहकारी बैंक लि. वीरगंज शाखाका प्रमुख संजय महतो, जनसंरक्षक साकोसका नरेश चौरसिया, हिमाल साकोसका किरण झा लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरको सिनुरियाम ...

रहमुल लहान १९ बैशाख सिरहाको भगवानपुर गा.पा वार्ड न.१ सिनुरिया गाउँमा राजेन्द्र यादवकाे घर देखि दक्षि ...

अध्यक्ष यादव र अध्यक ...

जनकपुरधाम, बैशाख १९ । संयुक्त राष्ट्रसङ्घको जनसंख्या तथा विकास आयोगको ५७औं सत्रमा भाग लिन अमेरिकामा ...

सुत्केरी महिलाहरुलाई ...

रहमुल लहान १९ बैशाख सिरहाको नवरपुर गाउँपालिका स्वास्थ शाखाले सुत्केरी महिलाहरुलाई गा.पा. उपाध्यक्ष प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१