पुष १९ । कुकुर प्रकरण डिउटिमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन । गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाटको बेडमा कुृकुर सुतेको तस्विर सामाजिक संजालमा भाईररल बनेको थियो । अस्पताल प्रशासनको सोमवार बसको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन। कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसको थियो । अस्पतालमा रहेका सिसि फुटेज चेक गरे पछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरावही गर्ने ३ जनालई निलम्बन गरिएको बताए । अस्पतालमा लापरवाही गर्ने कसैलाई पनि नछाडिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved