रहमुल लहान १६ पुस । सिरहाको साबिक गा.बि. मोहनपुर ४ स्थायी ठेगाना नेपाली नागरिकतामा नाम उल्लेख लक्षमण शाहको छोरा वलीराम साह र पता:९३, महुलिया, महुलिया, लदनिया, कुमरखत मधुवनी बिहार बस्ने जीव नारायण साह एउटै ब्यक्ति रहेको प्रमाण फेला परेको छ। निज साहको दुबै तर्फको नागरिकतामा बुवाको नाम लक्ष्मण साह एउटै र आमाको नाम भारतीय प्रमाणमा गौरी देवी र नेपाल तर्फ गौरा देवी साह लगायत छ जना परिवार झुठो विवरण बुझाइ जिल्ला प्रशासन कार्यालय बाट नेपाली नागरिकता लिएको प्रमाण फेला परेको छ।
अझ वलिराम सम्बन्धमा थप बुझ्दै जादा निजको पत्नीको पनि दुबै तिरको नाम सेलरी देवी साह रहेको देखिन्छ भने छोरा रण बहादुर साहको भारतीय प्रमाण खुल्न सकेको छैन। यता वलिराम साहको भाइहरु शिव कुमार साह र शंकर साह हाल सम्म भारतमै बस्दै आइरहेको बुझिएको छ। २०८० पुस १२ गतेको मन्त्रीपरिषद बैठकको निर्णयहरुको बुदा न. ३ अनुसार, गृहमन्त्रालय , झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहा बाट प्राप्त गरेका छ वटा नेपाली नागरिकताका प्रमाणहरु रद्द गरी निजहरुलाई नेपाली नागरिकता बाट हटाउने निर्णय हाल सम्म किन कार्यन्वन हुन सकेन चिन्ताको बिषय बनेको छ। यझ यस सम्बन्धमा बुझ्दै जादा वलीराम उर्फ शिव नारायण साह ब्यापारको शिलशिलमा नेपाल बस्दै भिन्न सेटिङमा नागरिकता प्राप्त गरी बिभिन्न बैंकहरु बाट कर्जा समेत लिएको बुझिएको छ। यस घटना सम्बन्धि गहिरो छानबिन हुन सम्बन्धित निकायको ध्यानाकर्षण होस।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved