जिल्ला वन कार्यालय सिरहाले सीमा नाघदै

  • मंसिर २८, २०८०
  • ६९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल / लहान/मंसिर २८ गते । सिरहाको धनगढीमाई नगरपालिकाको विभिन्न ठाउँहरुबाट सर्रे खोला उत्खनन् आरोपमा डिभिजन वन कार्यालय लहानले अनुसन्धानको नाममा नियन्त्रणमा लिएको चालकसहित एक थान जेसीवि र सात थान ट्याक्टर तत्काल धनगढीमाई नगरपालिलाई बुझाउन विज्ञप्ती जारी गर्दै भनिएको छ ।

May be a doodle of text

स्थानिय नदी तथा खोलाहरू स्थानिय सरकारको क्षेत्राधिकार भित्र रहने स्पस्ट रूपमा कानूनमा भनिएको छ तर एउटा खोलामाथि दुई वटा कार्यालयबाट भिन्दा भिन्दै अधिकार प्रयोग गरिएको अवस्था रहेको देखिन्छ । धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशँकर महतो भन्नुहुन्छ – नगर भित्रका सबै नदी, खोला, हाम्रो अधिकारमा छ, यहाँका नदी खोला नगरको स्थापना कालदेखि ठेक्का लगाईदै आएको छ । कानुन तवरले नगरले लगाएको ठेक्का सम्झौता बमोजिम खनिज पदार्थको संकलन भइरहेको अवस्था रहेको र सम्झौता विपरीत उत्खनन् गरिएको खण्डमा कानुन बमोजिम आवस्यक कारवाही गर्ने अधिकार धनगढीमाई नगरपालिकाको भएको हुनाले डिभिजन बन कार्यालय लाहानले बदनियत तवरले चालक सहित गाडी नियन्त्रणमा लिएको बताईएको छ ।

May be an illustration of text

त्यस्तै, डिभिजन वन कार्यालयका सुचना अधिकारी राधेश्याम चौधरी भन्छन् – जिल्लाभित्र मातहतका खोला, नदी, चुरे, हाम्रो अधिकारमा छ । यता धनगढीमाई नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै डिभिजन वन कार्यालय लहानले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरभित्रका सम्पूर्ण खोला,नदी, नाला, नगरको मातहतमा रहने उल्लेख छ ।

May be an image of 9 people, grass and road

तर, जिल्ला वन अधिकृत झाले ठाडो आदेशमा बदनियत तवरले नगरपालिकाको कर्मचारीमाथि पक्राउ पुर्जी आदेश गरेपछि चौतर्फी आलोचना भइरहेको छ । अधिकृत झाले आफ्नो दादागिरी देखाउँदै समान्य विषय वस्तुलाई सहज रुपमा टुंगो लगाउन नसकी आफुँ जिल्ला वन अधिकारी हो भन्दै ” पावर ” देखाई रहेको छ । डिभिजन कार्यालय लहानका प्रमुख झाले- अवैधानिक रुपले धनगडीमाई नगरपालिकाको अधिकार हडपेर जेसिबि गाडी, ट्राक्टर र गरिब चालकहरुलाई नियन्त्रणमा लिएर दादागिरी देखाउँदै आएको छ ।

May be an image of 6 people, grass and road

त्यसैगरी , सम्झौता विपरित नदिजन्य पदार्थ उत्खनन् गरेको भए कानुनी कार्वाही गर्ने अधिकार पालिकामा निहित रहेको भन्दै डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको बरुण कन्सट्रक्सनको ट्याक्टर र जेसीभी अभिलम्ब धनगढीमाई नगरपालिलाको जिम्मा लगाउन बुधबार विज्ञप्ती मार्फत अनुरोध गरेको छ । नगर प्रमुख शिव शंकर महतोले जारी गरेको प्रेस विज्ञप्तीमा पालिकाको वडा नम्वर १२ र १३ मा पर्ने सर्रे खोला विधि प्रकृया अपनाई सम्झौतामा उल्लेखित शर्तको अधिनमा रहेर नदिजन्य पदार्थ उत्खनन् गर्ने कार्यको लागि बरुण कन्सट्रक्सनलाई चलन पुर्जि दिएको उल्लेख गरिएको छ ।

May be an image of 1 person

‘सम्झौता विपरित नदिजन्य पदार्थको उत्खनन् गरेमा सो उपर कार्वाही गर्ने अधिकार समेत यस पालिकामा निहित रहेको बताइएको छ । विज्ञप्तीमा स्पष्ट लेखिएको छ- ‘सम्झौताबाट सृजित हुने सम्पूर्ण कानुनी परिणामको जवाफदेही पूर्ण रुपमा नगरपालिकाको रहेको हुँदा अनुसनधानको नाममा डिभिजन वन कार्यालय लहानले बदनियत पूर्वक सम्झौतामा हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु उपर गरेको अमर्यादित व्यवहार तत्काल स्थागित गरी नगर प्रमुखसँग समन्वय एवम् पूर्व जानकारीमा मात्र नगरपालिका भित्र कुनै पनि गतिविधि गर्न जानकारी गराईन्छ ।’

May be an image of 9 people

विज्ञप्तीमा नेपालको संविधान, २०७२ को अनुसूची ९, स्थानीय सरकार सञ्चालन एने, २०७४ ले दिएको अधिकार र ‘धनगढीमाई नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय कार्यविधि, २०७७’ आधारमा उत्खनन् कार्यको ठेक्का लगाईको उल्लेख गरिएको छ। डिभिजन वन कार्यालय लहानले अवैधरुपमा गिट्टी, बालुवा निकालिरहेको आरोपमा धनगढीमाई १२ गत मंसिर १५ गते एक थान डोजर सहित केहीलाई नियन्त्रणमा लिएको थियो ।

May be an image of 2 people and grass

डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजनल वन अधिकृत सुजित कुमार झाले वन एने २०७६ अनुसार नम्वरी बाहेका सवै जमिन वनको अधिकार क्षेत्रमा पर्ने भइकाले त्यस्ता ठाउँमा उत्खन गर्न स्थानीय तलहले जिल्ला समन्वय समिति र वन कार्यालयको सहमति र समन्वयमा वातावरणीय सर्वेक्षण गरेरमात्र ठेक्का लगाउन पाउने व्यवस्था भएको बताउँदै आएको छ।

May be an image of 2 people and grass

डिभिजन बन कार्यालयले नियन्त्रणमा लिनु अगाडि नगरपालिकालाई औपचारिक रूपमा जानकारी गराउनु पर्ने हो तर कुनै जानकारी नगराई गरिब चालकहरुलाई नियन्त्रणमा राखेर प्रशासनिक दम्व एकातिर देखाइरहेको छ भने अर्कोतिर गाडी धनीहरुलाई किस्ताको मार बढिरहेको अवस्था रहेको छ । नगर र जिल्ला वन कार्यालयको आपसी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएर तत्काल सबैलाई रिहा गरिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

नेपाली समाज कतारद्वा ...

जनकपुरधाम वैशाख १६ । जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठन नेपाली समाज कतारमा ४३ जना यु ...

मधेशी एकता समाज कतार ...

रामएकबाल राम जनकपुरधाम वैशाख १६। मधेशी एकता समाज कतारले यस वर्षको नयाँ वर्ष जुडशीतल तथा ईद पर्वको अव ...

बालविवाहन्युनीकरण सम ...

संजु कुमारी दास सिरहा १६ बैशाख । श्री जनतामा.वि.गोलबजार ४ मा (१२ बैशाख, २०८१) ३० जनामा १५किशोर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१